१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

बैशाखभित्र काबेली करिडोर सक्ने प्राधिकारणको दाबी

काबेली करिडोर अन्र्तगत फिदिमको जोरशालमा टावर राख्ने ठाँउ निरीक्षण गर्दै विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ। तस्बिर : नागरिक

पाँचथर – भारतीय ठेकेदार कम्पनीनले राम्रोसँग काम नगर्दा ढिलाई भएको विद्युत प्रसारण लाइन ‘काबेली करिडोर’ को काम  बैशाख–१० भित्रमा सक्ने नेपाल विद्युत प्राधिकरणले दाबी गरेको छ।

पाँचथरका बिभिन्न खोलामा निर्माणाधीन जलविद्युत आयोजनाको काम सकिन लाग्दा पनि करिडोरको काम सकिने छाट नदेखिएपछि विद्युत प्राधिकरणले बैशाखभित्र जसरी काम सक्ने कसरत भईरहेको बताएको हो।

२०७५ बैशाखभित्रमा जसरी काम सक्ने विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए। आयोजनाको काममा ढिलाई भएको भन्दै निरीक्षण गर्न आएका घिसिङले निर्माण कम्पनी तथा आयोजना कार्यालयलाई जसरी पनि बैशाख भित्र काम सक्न निर्देशन दिएका छन्। 

‘बैशाखसम्ममा भएका समस्याहरु समाधान गरी ठेकेदार कम्पनीलाई जसरी भएपनि काम लगाएर काम सक्छौँ। अबका केही महिनामा भित्रै उत्पादन थालिने आयोजनाको ८० मेगावट विद्युत खेर जाने भएकाले जसरीपनि काम सक्नु पर्छ’ घिसिङले भने ‘यसरी ढिलाई गरेर हुँदैन। म्याद थपिसकिएको छ। प्रसारण लाईनमा देखिएका समस्या समाधानका लागि विभिन्न मन्त्रालय, विभाग, जिल्ला प्रशासन तथा स्थानियबासीसँग समन्वय गर्छु। बैशाखभित्र काम सकिने छ।’

पूर्वी पहाडी जिल्ला पाँचथर, ताप्लेजुङ र इलाममा उत्पादित विद्युत राष्ट्रिय प्रसारणमा जोड्ने करिडोरको इलाम गोधकदेखि पाँचथरको अमरपुरसम्मको काममा ढिलाई भएको छ। केहि ठाँउमा स्थानियबासीले अवरोध गरेका छन्। भारतीय ज्वग्वार एण्ड एस्टर कम्पनीले राम्रोसँग समयमा काम नगर्दा अवरोध नभएका ठाँउमा समेत काम देखिएको छ। निर्माण कम्पनीले आलटाल गरीरहेको छ।  धेरै काम बाँकी भएकाले जसरी सक्ने लक्ष्य हासिल गर्न निक्कै कठिन देखिन्छ। विद्युत खेर जाने भएकाले जुनसुकै अवस्थामा सक्ने घिसिङको दाबी रहेको छ। बिवाद परिवर्तन गरेर समस्या समाधान गरीएको पल्लोटार–जोरशाल खण्डको काम भएको देखिदैन। प्रसारणलाईन स्थलको निरीक्षण गर्दै घिसिङले यो वा त्यो बाहानाले काममा ढिलाई नगर्न निर्देशन दिए।

घिसिङसहितको टोलिले  फिदिममा प्रमुख जिल्ला अधिकारी, सुरक्षानिकायका प्रमुख, जिल्ला समन्वय अधिकारी, जिल्ला बन कार्यालयका प्रमुखलाई काम गर्ने वातावरण बनाउनकालागि समन्वय बैठक गरेका छन्। घिसिङले शुक्रवार पाँचथरका विभिन्न ठाँउमा निरिक्षण तथा स्थानियसँग छलपल गरेका छन्। इलाममा स्थानियले अवरोध गरेको चमैता तथा सिद्धिथुम्काका स्थानियसँगपनि कुराकानी गरी काम गर्ने बतावरण बनाउने उनले बताए। जसरी भएपनि समस्या सुल्झाउने बताए।

झापाको लखनपुरदेखि पाँचथरको अमरपुरसम्मको विद्युत प्रसारणलाईनलाई काबेली करिडोर मानिन्छ। इलामको गोधकमा रहेको सवस्टेशनसम्म निक्कै ढिला गरी काम सकिएको थियो। गोधक – अमरपुर खण्डमा ५० प्रतिशतसम्ममात्र काम भएको बताईन्छ।  यो खण्डमा ५६ दशमल १ किलोमीटर प्रशारणलाईनको काम छ। इलामको सिद्धिथुम्का र चमैतामा स्थानियले अवरोध गरेका छन्।

सिद्धिथुम्कामा ११ वटा र चमैतामा ४ वटा टावर राख्ने स्थानमा अवरोध छ। अवरोध नभएका ठाँउमा ठेकेदार कम्पनीले काम गर्न सकिएरहेको छैन। टावर राख्ने र तार टाङ्ने काममा ढिलाई भएको छ। बनक्षेत्रमा बन काट्न समेत समस्या देखिएको छ।  प्रसारणलाईन १ अर्ब ३० करोडमा ठेक्का लगाइएको थियो। आयोजना स्थल आसपासमा जलविद्युत निर्माण कम्पनीलेनै काम गरीदिएका छन्। ठेकेदार कम्पनीले कामको पैसापनि नदिदा काम गर्ने मान्छे समेत नहुने गरेको गुनासोे छ। निर्माण कम्पनीका डाइरेक्टर मधु भावुकले सकेसम्म काम छिटो अघि बढाउने बताए।  

आयोजना स्थलमा सर्वेयर समेत नराखिदिएको उनीहरुको भनाई छ। आयोजना कार्यालयले पनि राम्रोसँग काम अघि बढाउन नसकेको जलविद्युत आयोजनाका प्रवद्र्धकहरुको गुनासो छ।   आर्थिक वर्ष २०६६÷०६७ बाट करिडोरको काम सुरु भएको थियो। आव २०७१÷०७२ भित्र सक्ने सुरुवाती योजना थियो। तल्लो हेवा जलविद्युत आयोजना, रैराङ जलविद्युत आयोजना, कावेली वि–१ जस्ता आयोजनाको काम सकिने अवस्थामा पुगेको छ। हेवा ‘ए’ जलविद्युत आयोजनाको पनि आदी विद्युत खेर गइरहेको छ।

कामको गति र बाँकि काम हेर्दा बैशाखमा काम सक्न निक्कै कठिन देखिएको रैराङ कम्पनीका आयोजना प्रमुख कुवेरमणि नेपाल बताउँछन्। विद्युत उत्पादन हुन लागेकाले जसरी भएपनि सक्नुपर्ने अवस्था रहेको उनको भनाई छ।

प्रकाशित: २५ फाल्गुन २०७४ १०:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App