१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

आइन्सटाइनले युवतीलाई लेखेकोे पत्र लिलामीमा बिक्री

लन्डन– विश्व प्रख्यात वैज्ञानिक अल्बर्ट आइन्सटाइनले सन् १९२१ मा एक इटालियन महिला वैज्ञानिकलाई लेखेको पत्र इजरायलको जेरुसेलममा भएको एउटा लिलामीमा बिक्री भएको छ।

आइन्सटाइनले आफूसँग भेट गर्न नमानेकी महिलालाई लेखेको उक्त पत्र ६ हजार एक सय डलरमा लिलामीमा बिक्री भएको बिबिसीले जनाएको छ।नोबेल पुरस्कार विजेता वैज्ञानिक आइन्सटाइनले एक २२ वर्षीया रसासयनशास्त्रकी विद्याथीए एलिसाबेट्टा पिक्किनीलाई उक्त पत्र लेखेका थिए।

पिक्किनी आइन्सटाइनको बहिनी माजा बस्ने फ्लोरेन्सस्थित घरको एक तलामाथि बस्ने गर्थिन् ।‘आइन्सटाइन पिक्किनीलाई भेट्न एकदमै उत्सुक थिए तर त्यत्ति प्रख्यात व्यक्तिसँग भेट्न पिक्किनीले लाज मानिन्,’ पत्र लिलामी गर्ने संस्था विनर अक्सन हाउसलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

आइन्सटाइनले आफ्नो मातृ भाषा जर्मनमा लेखेको उत्र पत्रमा माया प्रेम झल्काउने खालको सांकेतिक भाषाको प्रयोग गरिएको छ । उक्त पत्रसहित आइन्सटाइनका अन्य कैयौं पत्र पनि लिलामीमा बेचिएको छ । जसमा सन् १९२८ मा आइन्सटाइनले ‘थर्ड स्टेज अफ द थेओरी अफ रिलेटिभिटी’ को विचार लेखेको पत्र पनि रहेको बताइएको छ । उक्त पत्र एक लाख तीन हजार डलमा बिक्री भएको बिबिसीले उल्लेख गरेको छ।

 

प्रकाशित: २४ फाल्गुन २०७४ ०५:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App