१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

एमाले-माओवादीको बालुवाटार बैठकमा उपेन्द्र यादव सुटुक्क प्रवेश

उपेन्द्र यादव चढेको गाडी बालुवाटारको दायाँतर्फको ढोकामा । तस्बिर : अशोक दाहाल

काठमाडौं – संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर बाहिरिएका छन्। 

नेकपा एमाले र माओवादी केन्द्रको एकता संयोजन समितिको बैठक सुरु भएलगत्तै सुटुक्क बालुवाटार प्रवेश गरेका यादव साढे ९ बजेतिर बाहिरिएको स्रोतले बतायो। 

प्रधानमन्त्री निवासको दायाँतर्फको ढोकाबाट भित्र छिरेका यादव एमाले नेता अग्नी खरेलको गाडीमा सुटुक्क आएको खुलेको छ। एमाले माओवादी नेताहरुको बैठकमा सहभागी भएर यादव खरेलकै गाडीमा फर्किएका हुन्। 

उनलाई सञ्चारकर्मीबाट लुकाउन ढोकासम्मै गाडी पुर्याएर रिसिभ गरिएको थियो। यादवलाई लुकाएर बालुवाटारबाट फर्काएपछि त्यहाँ उपस्थित सञ्चारकर्मीले ‘छापामार शैलीमा भगाएजसरी लगियो’ भन्दै गुनासो गरेका छन्।

अहिले एमाले माओवादी एकता संयोजन बैठक जारी छ। बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित शीर्ष नेता सहभागी छन्।

प्रकाशित: ७ फाल्गुन २०७४ १५:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App