१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

एमालेले तय गर्यो उम्मेदवार सिफारिस मापदण्ड

काठमाडौं– नेकपा एमालेले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको मापदण्ड र सिफारिसको विधि तय गरेको छ । 
एमालेका महासचिव ईश्वर पोखरेलको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालयको बैठकले राष्ट्रिय सभा सदस्यका लागि मापदण्ड तय गर्दै सोही अनुसार प्रदेश कमिटिहरुलाई माघ ५ गते भित्रै नाम सिफारिस गर्न भनेको छ  र एकल संक्रमणिय मतको तालिम प्रदान गर्ने निर्णय पनि गरेको छ ।  
एमालेले तय गरेका मापदण्डहरु

  • संविधानको धारा ८७ बमोजिमको योग्यता पुगेका । 
  • पार्टीमा लामो योगदान गरेका । 
  • पार्टीस“ग वैचारिक आबद्धता राख्दै समाजसेवा, संस्कृति, कला, साहित्य, विज्ञान, प्रविधि लगायत सामाजिक क्षेत्रमा विशिष्ट योगदान पु¥याएका । 
  • भौगोलिक र सामाजिक सन्तुलन 
  •  स्थानीय, प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबनेका तथा समानुपातिक सूचीमा नाम समावेश नभएका ।
  • विभिन्न विषयका विज्ञ तथा विशेषज्ञहरु । 

 

प्रकाशित: २८ पुस २०७४ ११:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App