"

‘न्यायापालिका र डा. केसी दुवैको इज्जत नजाओस्’

शुक्रबार, २८ पुष २०७४, ०६ : ५४ नागरिक


शत्रु गते फिल्मको छायांकन सकेर हरिवंश आचार्य पारिवारिक भ्रमणका क्रममा विभिन्न सहरमा निस्किएका छन् । मंगलबार उनले पाल्पा तानसेनस्थित होराइजन होम स्टेमा बसे । उनीसँग देशको समसामयिक परिस्थितिमा रहेर नागरि कदैनिकका लागि मुक्तिप्रसाद न्यौपानेले गरेको कुराकानी ।
अचेल के गर्दै हुनुहुन्छ ?
मह सञ्चारले बनाइरहेको फिल्म ‘शत्रु गते’ को सुटिङ सकियो । सुटिङ सकिएको समयमा यसो बाहिर घुम्न जाऔं होम स्टे पनि स्वाद लिउँ भनेर पारिवारिक भ्रमणमा छु । होम स्टेलाई विदेशीहरू नेपाली संस्कृति पढ्ने बुझ्ने अवसरका रूपमा लिन्छन् । नेपालको आफ्नै किसिमको पर्यटनमा सम्भावना छ ।
चिना हराएको मान्छे’ र ‘हरिबहादुर’पछि पाठकहरुले तपाईंका अन्य कृति पढ्न पाउँछन् कि ?
यसबारेमा मैले केही त सोचिरहेको छु । २÷३ वर्षभित्र पुस्तकको लागि केही न केही गर्छु होला । मदन दाइ र मैले काम गरेको ३८ वर्ष लाग्दैछ । हामिले बनाएको थुप्रै हास्यव्यंग । तिनीलाई किताबको रूप दिन सकिन्छ । ती प्रहसन, गाउँखानेकथालाई किताबका रूपमा प्रकाशन गर्न सके लाभदायक नै होला जस्तो लाग्छ । पछिल्लो पुस्तालाई पहिले हास्यव्यंग कसरी लेखिन्थ्यो, कसरी काम गरिन्थ्यो भन्ने ७÷८ वटा किताब पनि लेखिन्छ होला । वैशाख जेठसम्म सय पृष्ठको एउटा किताब निकाल्ने योजना छ ।
पर्दाभित्र र पर्दाबाहिर यहाँको जीवन कस्तो छ ?
म अरु बेलामा जोक गरेर हिँड्दिन । तर मलाई जहाँ पनि मान्छेहरूले जोक नै गर्छन् । मैले हास्य व्यङ्गको इमेज दिने भनेको टिभिमा, क्यामेरा अगाडी र रंगमञ्चमा मात्रै हो । त्यो भन्दा बाहेकको जीवनमा मलाइ सरलता नै मनपर्छ ।
डा. केसीको पछिल्लो अनसन र न्यायापालिकाको कुरा देशमा चर्चामा छ, यसबारेमा तपाईंको धारण के छ ?
मान्छेले राम्रो चिजलाई समर्थन गर्नुपर्छ, नराम्रो चिजलाई विरोध गर्नुपर्छ । डा. केसीले गर्नुभएका कुराहरूले उहाँ नेपाली जनताका बीच लोकप्रिय पनि हुनुभएको छ । उहाँले उठाउनुभएको केही–केही कुरा ठीक छन् । न्यायापालिकासँग जुन विभेद उत्पन्न भाको छ, अब न्यायापालिकाको पनि इज्जत नजाओस्, उहाँको पनि इज्जत नजाओस् । न्यायापालिकाले पनि आफ्नो इज्जत जाने किसिमका काम गर्नु हुँदैन । हामीले पनि न्यायापालिकाको इज्जत राख्नुपर्छ । अहिले न्यायापालिकाको पनि धज्जी उडिरहेको अवस्था छ । सबै कुरामा निराशा भएको स्थितिमा न्यायापालिकाको पनि इज्जत भएन भने अब कसको इज्जत रहला ?






यसमा तपाईको मत

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

प्रियंकाको फिस १२ करोड

प्रियंकाको फिस १२ करोड

हलिउडमा संघर्षरत अभिनेत्री प्रियंका चोपडाले फिल्म ‘भारत’मा अनुबन्ध हुन १२ करोड पारिश्रमिक मागेकी छिन्। अमेरिकी गायक निक जोनससँग प्रेम सम्बन्धका कारण...

गीतको ८ वर्षमै बालकथा संग्रह

गीतको ८ वर्षमै बालकथा संग्रह

कथाको किताव निकाल्नको लागि अलि उमेर ढल्दै जानुपर्छ भन्ने आम मानिसको सोचाइलाई गलत सावित गरिदिएकी छिन् आठ बर्षकी गीत पछाईले।

म्युजिक भिडियो निर्देशनमा मरिष्काको डेब्यु

म्युजिक भिडियो निर्देशनमा मरिष्काको डेब्यु

नायिका मरिष्का पोखरेल फिल्मसँगै म्युजिक भिडियोको अभिनयमा पनि व्यस्त छिन् । म्युजिक भिडियोमा अभिनय गरिरहँदा उनी पछिल्लो पटक म्युजिक भिडियोकै...

बलिउडमा अमिताभलाई टक्कर दिने को ?

बलिउडमा अमिताभलाई टक्कर दिने को ?

बलिउडमा महानायकको सम्मान पाएका अमिताभ बच्चन पछिल्लो ४९ वर्षदेखि फिल्मी उद्योगमा सक्रिय छन्। ७५ वर्षको उमेरमा पनि उनको उर्जा नयाँ...