१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

डा. केसीकाे समर्थनमा प्रदर्शन (फाेटाे फिचर)

फाेटाेः विजय गजमेर

काठमाडौं – डा. गाेविन्द केसी पक्राउको विरोध र उनको रिहाईको माग गर्दै माइतीघर मण्डलामा समर्थकहरुले बुधबार विरोध प्रर्दशन गरेका छन्। पूर्व प्रधानमन्त्री  डा. बाबुराम भट्टराई  नेतृत्वको  नयाँ शक्ति पार्टी तथा अन्य युवाहरूले आयोजना गरेको  प्रदर्शनमा प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीविरुद्ध नाराबाजी गरिरहेका छन्।

विरोध प्रदर्शनमा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई भने सहभागी भएका छैनन् । नयाँ शक्ति बाहेक माइतीघर मण्डलामा डा. केसीको गिरफ्तारको विरोधमा उनका समर्थकहरुले प्लेकार्ड बोकेर नारा लगाएका थिए।

यसअघि मंगलबार आयोजित विरोध प्रदर्शनमा  पूर्वप्रधानमन्त्री डा. भट्टराई, नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापा र विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्र लगायतको उपस्थिति रहेका थिए।

डा. गोविन्द केसीविरुद्ध परेको अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतमा बहस चलिरहेको छ।

फाेटाेः विजय गजमेर
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App