"

लालबाबुको चुनाव खर्च १३ लाख १६ हजार

मङ्गलबार, ०४ पुष २०७४, ०७ : २३ अजित तिवारी


विराटनगर- मोरङ निर्वाचन क्षेत्र ६ बाट कांग्रेस उम्मेदवार शेखर कोइरालालाई पराजित गरेका एमाले नेता लालबाबु पण्डितले चुनाव प्रचारका क्रममा जहिल्यै पनि ‘अभावपूर्ण’ खानपिन र हिँडडुल गरे । पण्डित सामान्य प्रशासनमन्त्री हुँदा उनका स्वकीय सचिव रहेका एमालेका युवा नेता ओसिम आलमका अनुसार पण्डितले चुनाव प्रचारका क्रममा जहिल्यै अभाव मात्र भोगे । ‘धेरैले अनेक लोभलालच देखाए,’ आलमले भने, ‘उहाँले पैसा माग्ने मतदातालाई पैसा नै चाहिएको छ भने मलाई मत नदिनू, म पैसा दिन्न सक्दिनँ भन्नुहुन्थ्यो ।’
    पण्डितलाई चुनाव प्रचारमा खर्च हुन्छ भनेर काठमाडौंका एकजना ढकाल थरका विद्यार्थीले उनको मोबाइल नम्बरमा दुई हजारको रिचार्ज हालिदिए । नेता पण्डितलाई यो कुरा मन परेन । उनले रिचार्ज हाल्नेलाई कलब्याक गरे र भने, ‘के गरेको यो ? किन पैसा हालेको मेरो मोबाइलमा ?’ ती विद्यार्थीले जबाफ दिए, ‘मेरो रिचार्जको पैसाले तपाईंलाई मत माग्न सजिलो होस् भनेर मात्र हो, अन्यथा नसोच्नुहोला ।’
पण्डितले ६ सय ७५ मतले कांग्रेस उम्मेदवार कोइरालालाई पराजित गरेका हुन् । पण्डितले निर्वाचन आयोगलाई बुझाएको विवरणमा १३ लाख १६ हजार १ सय ७८ रुपैयाँ खर्च भएको उल्लेख छ । नेता पण्डितको खर्च विवरणअनुसार उनलाई अस्ट्रेलियाबाट ५ लाख रुपैयाँ प्राप्त भएको थियो । खाडी मुलुकबाट पनि उनका शुभचिन्तकले केही रकम पठाएको पण्डितका स्वकीय सचिव आलमले बताए ।
आफ्नै सक्रियतामा स्थानीय स्तरमा चुनावका लागि सहयोग गरिदिन अनुरोध गरेको पण्डितले बताए । ‘केही ऋण र बचतबाट मैले १ लाख ५० हजार संकलन गर्न सफल भएँ,’ उनले भने, ‘बाँकी रकम देशविदेशका साथीभाइ र शुभचिन्तकले सहयोग गर्नुभयो ।’ आयोगले भने प्रति उम्मेदवार २५ लाख रुपैयाँ खर्च गर्न पाउने सीमा तोकेको छ ।






यसमा तपाईको मत

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

असार १५ मा एक्लै ‘ए..सोल्टिनी’

असार १५ मा एक्लै ‘ए..सोल्टिनी’

केही समयअघि गीत र ट्रेलर सार्वजनीक गरिएको ‘ए सोल्टिनी’ फिल्मको प्रदर्शन मिति तय भएको छ। निर्देशक निमा लामा तामाङले आफ्नो...

गायिका भूमिकामा अालिया

गायिका भूमिकामा अालिया

आलिया भट्टका फ्यानले आलियालाई धेरै पल्ट गाएको सुनेका छन्। आलियाले ‘हम्टी शर्मा कि दुल्हनियाँ’मा गाएको ‘समझाँवा’ त सुपरहिट नै भएको...

‘महाराज जार काट्न पाइन्छ?’

‘महाराज जार काट्न पाइन्छ?’

तामाङ समुदायमा जंगबहादुर राणासँग जोेडिएको एउटा किवंदन्ती छ। किवंदन्ती अनुसार एक जना तामाङ युवक उनका दरबारमा पुगेर जंगबहादुरलाई सोध्छन् ,...

रामदेवीले ल्याइन् ‘हाइकिङ काठमाडाैं’

रामदेवीले ल्याइन् ‘हाइकिङ काठमाडाैं’

हाइकिङ विज्ञ रामदेवी महर्जनको पुस्तक ‘हाइकिङ काठमाडौं’ राजधानीमा विमोचन गरिएको छ। पुस्तकमा काठमाडौं उपत्यकाका ६४ हाइकिङ रुट, एक दर्जन होमस्टे...