"

डा.केसीले दिए गगन थापालाई जितको शुभकामना (भिडियो)

शनिबार, १६ मङि्सर २०७४, १० : ४३ नागरिक


काठमाडौं – चिकित्सा शिक्षा क्षेत्रमा भएका वेथितिविरुद्धका अभियान्ता डा.गोविन्द केसीले प्रतिनिधि सभाका उम्मेदवार गगन थापा तीन करोड नेपालीको हितमा बोल्ने र नीति बनाउने नेता भएको भन्दै उनलाई जितको लागि शुभकामना दिएका छन्। 

डा.केसीले आसन्न निर्वाचन सही नेता चुन्ने ऐतिहासिक अवसर भएको भन्दै तीन करोड नेपालीका हकहितमा बोलिदिने र नीति निर्माण गरिदिने व्यक्ति चुन्न आग्रह समेत गरेका छन्। ‘आइ वीस हिम बेष्ट अफ लक’ डा.केसीले एक भिडियो सन्देशमा भनेका छन्। संसद भनेको ऐन बनाउने र नीति बनाउने थलो भएको भन्दै गगन थापाजस्तो मान्छे निर्वाचित भएर आएमा देशलाई अझै अगाडि बढाउन सक्ने र नेतृत्व प्रधान गर्नसक्ने उनले बताएका छन्। 

थापा काठमाडौँ ४ बाट प्रतिनिधि सभा सदस्यका लागि प्रतिस्पर्धामा छन्। 

डा.केसीले धेरैका शीर्षस्त भनिने नेताहरू नै तीन करोड नेपालीको स्वस्थ रहेर जिउने र सबै विद्यार्थीले सुलभ शिक्षा पाउन भन्ने उद्देश्यले भएको आफ्नो अभियानविरुद्ध लाग्दा थापा तेस्रो अनशनदेखि नै अभियान्ताकै रुपमा काम गरेको उल्लेख गरेका छन् । 

आफूले चिकित्सा शिक्षा ऐन बनाउन माग गर्दा सुरुमा कार्यदल बन्न नदिएको, पछि प्रतिवेदन सार्वजनिक हुनै नदिएको र संघर्षकै बलमा प्रतिवेदन अनुसार ऐनका मस्यौदा बनेको उनले बताएका छन्। ‘अहिले ऐनलाई आउन नदिइ भ्रुण हत्या गर्ने कोसिस भयो’ उनले भने, ‘अहिलेसम्म भएको उपलब्धिमा उहाँ (गगन थापा) को सराहनीय भूमिका छ’  अध्यादेशसम्म ल्याउन थुप्रैले भूमिका निर्वाह गरे पनि सबैभन्दा बढी थापा नै सक्रिय भएकाे उनले जनाएका छन्। ‘गगन थापाको मुख्य भूमिका नभएको भए यो स्थिति आउने थिएन’ डा.केसीले भनेका छन्। 

लोकमानले संविधानभन्दा माथि बसेर स्वेच्छाचारिता प्रदर्शन गरेर प्रजातन्त्र नै खतरामा परी ६०१ ले बोल्ने हिम्मत नगर्दा थापाले नै महाअभियोग प्रस्तावका लागि अगुवाई गरेको समेत उनले स्मरण गरेका छन्। सार्वजनिक महत्वको प्रस्तावका लागि तीन जना सासंद जुटाउन पनि थापाले नै पहल गरेको डा.केसीले बताएका छन्। 

थापा राष्ट्रिय मुद्दामा भुमिका निर्वाह नचुक्ने नेताको रुपमा आफूले जानकारी पाएको भन्दै निर्वाचनमा जनताले आफ्ने पक्षमा बोल्ने सही नेता चुन्नुपर्ने दोहोर्याए। अाफ्ना स्वार्थका लागि जे पनि गर्ने नेतालाई जनताले सजाय दिने बेला समेत यही भएको टिप्पणी उनले गरेका छन्। देश ठूला नेताको पैत्रिक सम्पत्ति नभएको र उनीहरूको कारण देशमा प्रजातन्त्र आएको यतिका वर्षसम्म संस्कारै विकास हुन नसकेको समेत उल्लेख गरेका छन्। ‘अहिले देशमा दण्डहीनता, माफियातन्त्र संस्थागत भएको छ’ डा.केसीले भने, ‘जुन नेताहरू आफ्ने स्वार्थ पूर्तिका लागि तीन करोड नेपालीको स्वस्थ रहेर जिउन पाउने अधिकार रक्षाको ऐन बन्न दिएनन् तिनिहरूलाई सजाय दिनुपर्छ।’


बाँकी काम पूरा गर्ने धोको छ : गगन थापा

प्रतिनिधि सभा उमेदवार गगन थापाले चिकित्सा शिक्षा ऐन ल्याउन गरिएका सबै प्रयात्नलाई निष्कर्षमा पुर्याएरै छाड्ने प्रतिवद्धता गरेका छन्। निर्वाचनमा जितका लागि शुभकामना दिने डा.केसीले देखाएको विश्वासलाई धन्यवाद दिने क्रममा थापाले यस्तो प्रतिवद्धता गरेका हुन्। 

डा.केसीको शुभकामनालाई धन्यवाद दिँदै थापाले समाजिक संजालमार्फत् डा.केसी सबै नेपालीको सहज र गुणस्तरीय स्वास्थ्य सेवाको हकलाई सुनिश्चित गराउने आन्दोलनको पर्याय र न्यायपूर्ण समाजको निर्माणका लािग संघर्षरत सबैको प्रेरणाको स्रोत भएको टिप्पणी गरेका छन्।

‘प्रभावकारी र गुणस्तरीय सार्वजनिक शिक्षा र स्वास्थ्यलाई जीवनकै ध्याये बनाएर उहाँको आन्दोलनमा हिजो पनि सँगै थिएँ भोली पनि रहनेछु’  थापाले उल्लेख गरेका छन्।

डा.केसीकाे भिडियाे







यसमा तपाईको मत

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

रायमाझीको ‘हेर यी आँखामा’ सार्वजनिक

रायमाझीको ‘हेर यी आँखामा’ सार्वजनिक

रेडियो नेपालका अंग्रेजी समाचार बाचक तथा प्रसिद्ध गायक महेन्द्र रायमाझीको आवाजमा रहेको ‘हेर यी आँखामा’ बोलको गीतको म्युजिक भिडियो सार्बजनिक...

आलियासँग कहिले विहे गर्छन् रणवीर ?

आलियासँग कहिले विहे गर्छन् रणवीर ?

बलिउडमा रणवीर कपुर र आलिया भट्टको जोडी अहिले चर्चामा छ। दुबैले प्रेम सम्बन्धलाई स्वीकार गरिसकेका छन्। अब दुबैबीच विहे कहिले...

'आयो गयो फेरियो व्यवस्था, आफ्नो भने उस्तै छ अवस्था'

‘आयो गयो फेरियो व्यवस्था । आफ्नो भने उस्तै छ अवस्था ।। कल्ले के गर्छ ? पाय‘सी सबैले आफ्नै पेट भर्छ...

लेखिका प्रियंका

लेखिका प्रियंका

हलिउड टेलिभिजन सो ‘क्वान्टिको’को पछिल्लो श्रृंखलाबाट विवादमा तानिएकी बलिउड नायिका प्रियंका चोपडाले सन् २०१९ मा ‘अनफिनिस्ड’ नामक पुस्तक पाठकमाझ ल्याउने...