१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
प्रवास

वेम्बली एरेनामा नेपालका चर्चित व्याण्डहरुको भव्य प्रस्तुती

लण्डन–  लण्डनको वेम्बली एरेनामा नेपालका चारवटा चर्चित व्याण्डहरुले एकैपटक कार्यक्रम गरेर इतिहास रचेका छन्।

कुटुम्ब, एलबाट्रोस, एज व्याण्ड तथा ट्राभेलिङ व्याण्डका बिपुल क्षेत्रीले शनिबार साँझ हजारौं युवा दर्शकहरुलाई नचाएका थिए।

बी फेस्ट र पर्चा प्रोडक्सनद्वारा आयोजित जून फेस्टीबल २०१७ मा भाग लिन २५ जना कलाकारहरु गत बुधबार र बिहीबार लण्डन उत्रिएका थिए।

चर्चित कुटुम्ब व्याण्डका कलाकारहरुले बाँसुरी, सारङ्गी, धीमे, जस्ता बाजाहरु बजाउँदै आफ्नो प्रस्तुति गरेका थिए। त्यस्तै रक संगीतकालागि चर्चित द एज व्याण्डका कलाकारहरुले पनि आफ्ना एल्बमका गीतहरु सुनाएका थिए। एलबाट्रस व्याण्डका कलाकारहरुले पनि चर्चित गीतहरु प्रस्तुत गरेका थिए।

अर्का चर्चित गायक बिपुल क्षेत्रीले अल्लारे जीवन लगायतका लोकप्रिय गीतहरु गाउँदा दर्शकहरु रोमान्चित बनेका देखिन्थे।

प्रकाशित: ४ असार २०७४ १०:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App