१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव अगाडि नबढाउन निवेदन

काठमाडौं- नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले प्रधानन्यायाधीश सुशीला कार्की विरुद्धको महाअभियोग प्रस्ताव संसदीय प्रक्रियामा अगाडि नबढाउन निवेदन दिएका छन्।

महाअभियोगका प्रस्तावक विश्वकर्माले आज अपरान्ह सभामुख ओनसरी घर्तीलाई यस्तो निवेदन दिएका हुन्। 'दलहरुबीच महाअभियोग प्रस्ताव अघि नबढाउने सहमति भएकोले हाललाई अघि नबढाउनको लागि निवेदन दिएको छु। सभामुखले आवश्यक पहल लिएर दलहरुबीच भएको सहमति अनुरुप यसलाई कार्यान्वयन गर्ने बताउन् भएको छ', विश्वकर्माले नागरिकन्युज सँग भने।

प्रधानन्यायाधीश सुशीला कार्की विरुद्धको महाअभियोग प्रस्ताव संसदीय प्रक्रियामा अगाडि नबढाउन निवेदन

उनले प्रमुख प्रतिपक्ष नेकपा एमालेसँग संसद गतिरोध अन्य गर्ने विषयमा शनिबार भएको सहमति अनुसार निवेदन दिएको बताए।   

शनिबार प्रमुख दलहरुबीच महाअभियोग फिर्ता लिने सहमति भएपनि प्रस्तावक विश्वकर्माले सर्वोच्च अदालतको आदेशमा महाअभियोग यथाअवस्थामा राख्न भनिएकाले फिर्ता लिन नमिल्ने अडान लिएका थिए। विश्वकर्माको अडान पछि आज सभामुखले प्रस्तावक विश्वकर्मा सहित संसदको महाअभियोग सिफारिस समितिका सांसदहरुसँग छलफल गरेकी थिइन्। छलफल पछि विश्वकर्माले महाअभियोग प्रस्ताव संसदीय प्रक्रियामा अगाडी नबढाउन निवेदन दिएका हुन्। महाअभियोग प्रस्ताव फिर्ता लिन माग गर्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद अवरुद्ध गर्दै आएको थियो।

प्रकाशित: १४ जेष्ठ २०७४ १०:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App