१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

दोषीलाई कारवाही माग गर्दै फिदिम बजार बन्द

पाँचथर–तीन दिन अघि इलाम कोल्बुङ रानीगाँउ घर भई हाल फिदिम–१ मा बस्ने बिसाल सम्बाहाफेको बसको ठक्करले मृत्यु भएको घटनालाई लिएर फिदिम बजार बन्द गरिएको छ। दोषीलाई कार्वाहिको प्रक्रिया अघि नबढेको भन्दै आइतबार फिदिम बजार बन्द गराइएको हो।

चालकलाई प्रहरीले प्रक्राउ गरेपनि कानुनी कार्वाही अघि बढ्न नसकको, गाडी मालिक सम्पर्कमा नआएर राहात दिन आनाकानि गरेको भन्दै पीडितका आफन्त र स्थानीय युवाले यातायात र बजार बन्द गरेका हुन्।

मृतकको पोष्टमार्टम हुन सकेको छैन। शव इलामको फिक्कलमा अस्पतालमा राखिएको छ। दोषीलाई कार्वाही तथा राहात माग गदै आफन्तले पोष्टमार्टम गर्न मानेका छैनन्। प्रहरीले घटनाको जाहेरी नलिएको आफन्तको गुनासो छ।

फिदिम फकर्ने क्रममा इलामको कोलवुङमा सडक छेउमा बसको ठक्करले सम्बाहाफको मृत्यु भएको थियो। उनी फुटबल खेलाडी थिए।

प्रकाशित: १७ पुस २०७३ ०८:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App