४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

उत्तर कोरियामा कोरोना संक्रमित एकको मृत्यु

उत्तर कोरियामा एक जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको शुक्रबार पुष्टि गरिएको छ। उत्तर कोरियाले आफ्नो पहिलो कोभिड-१९ को मृत्युको पुष्टि गर्दै ज्वरो 'विस्फोटक रूपमा' राष्ट्रव्यापी रूपमा फैलिरहेको र हजारौं मानिसहरू बिरामी भएपछि अलग्गै अलग्गै राखि उपचार भइरहेको बताएको छ।

कोरोनाका एक संक्रमित भेटिएको सरकारी समाचार समिति, कोरियन सेन्ट्रल न्युज एजेन्सी, केसिएनएले  बिहीबार जानकारी दिएको थियो। सो समाचार समितिले यहाँ गएको दुई वर्षपछि पहिलो पटक एक जनामा यो संक्रमण पाइएको जानकरी दिएको थियो।

सो समाचार समितिकाअनुसार राजधानी प्योङयाङका केही बिरामीमा गरिएको परीक्षणबाट एक जनामा यो संक्रमण पाइएका थिए। यहाँ पाइएको संक्रमण कोभिडको ओमिक्रोन भर्सन भएको पनि समाचारमा जनाइएको छ। यो संक्रमण पाइएपछि यहाँको सरकारले यसलाई राष्ट्रिय सङ्कटको अवस्था भनेको पनि सो समाचार समितिले जनाएको छ।

प्रकाशित: ३० वैशाख २०७९ १०:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App