१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

किभमा डरलाग्दो मिसाइल हमलाः युक्रेनी विदेशमन्त्री कुलेबा

युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले रुसले युक्रेनको राजधानी किभमा डरलाग्दो मिसाइल हमला गरेको बताएको छ। सो हमलालाई उनले दोस्रो विश्वयुद्धको समयमा युक्रेनमाथि नाजी जर्मनीको हमलासँग तुलना गरेका छन्। 

युक्रेनको राजधानी वरपर विशाल बिस्फोट भएका समाचार विवरणहरू सार्वजनिक भएका छन्। सहरमा रुसी ट्यांकलाई अगाडि बढ्नबाट रोक्न युक्रेनी सैन्य फौजले राजधानी किभबाहिरको इभानकिभ नजिकैको एउटा पुललाई ध्वस्त पारेको छ।

यसैबीच, युक्रेनी सेनाले उत्तरपूर्वी सहर सुमीको सडकमा युक्रेनी रक्षक र रुसी आक्रमणकारीबीच भएका लडाइँका भिडियो फुटेज सार्वजनिक गरेको छ।

२ लाख ६० हजार मानिसहरुको बसोबास रहेको सुमी रुसी सीमाबाट करिव ३० किलोमिटर टाढा रहेको क्षेत्रीय राजधानी हो। स्थानीय प्रशासनका प्रमुख दिमित्रो झाइभातस्काइले ठूलो संख्यामा रुसी कन्भोय राजधानी किभतर्फ प्रस्थान गरेको बताए। नजिकको सहर कोनोटपलाई रुसी सेनाले घेरा हालेको पनि उनले बताए।

प्रकाशित: १३ फाल्गुन २०७८ ०६:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App