७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मेक्सिकोमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक लाख नाघ्यो

मेक्सिकोमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक लाख नाघेको यहाँका अधिकारीले जानकारी दिएका छन्।

यहाँका स्वास्थ्य सम्बन्धी उपमन्त्री ह्युगो लोपेज गटेलले सो कुराको जानकारी गराएका हुन्। उनले बिहीबार दिएको जानकारी अनुसार मेक्सिकोमा यो संक्रमणबाट ती नागरिकको ज्यान गएको छ।

स्वास्थ्यसम्बन्धी उपमन्त्री लापेजले बिहीबार पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिदै भने– ‘मेक्सिकोमा कोरोना भाइरसबाट ज्यान जाने व्यक्तिको सङ्ख्या एक लाख नाघेको छ।’

उनका अनुसार मेक्सिकोमा कोरोना भाइरसको सङ्क्रमणबाट एक लाख १०४ जनाको ज्यान गएको छ। बिहीबारमात्र यहाँको सरकारले दिएको जानकारी अनुसार २४ घण्टा एता मेक्सिकोमा ५७६ जनाको यस सङ्क्रमणबाट नै ज्यान गएको छ।

यहाँ हरेक दिन करिब पाँच हजार जना सङ्क्रमित थपिने गरेका छन्। गएको २४ घन्टा यतामात्र पनि यहाँ चार हजार ४४५ जना सङ्क्रमित थपिएका थिए।

यो समेत गरी मेक्सिकोमा सङ्क्रमितको सङ्ख्या १० लाख १९ हजार ५४३ जना पुगेको पनि अधिकारीहरुले जानकारी दिएका छन्। 
रासस

प्रकाशित: ६ मंसिर २०७७ ०३:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App