४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बङ्गलादेशसँगको सबै उडान र रेल सेवामा भारतले लगायो रोक

भारतले बङ्गलादेशसँग हुने सबैजसो उडान र रेल सेवा तत्कालका लागि स्थगित गरेको छ।

बङ्गलादेशमा सैनिक साशन लागू भएपछि भारतले अवस्था सामान्य नभएसम्मका लागि आफ्ना सबै रेल तथा हवाई सेवाहरू रद्द गर्ने निर्णय गरेको हो।

बीबीसीका अनुसार रेलवे अधिकारीहरूले रेल सेवा सुचारु गर्न सीमा क्षेत्रमा सुरक्षाको आश्वासन नभएसम्म स्थगित रहने बताएका छन्।

भारतको विदेश मन्त्रालयले आइतवार सबै भारतीय नागरिकहरूलाई अर्को सूचना नभएसम्म बङ्गलादेश यात्रा नगर्न सल्लाह दिएको थियो भने त्यहाँ रहेका नागरिकलाई पनि बाहिर ननिस्कन निर्देशन दिएको थियो।

प्रकाशित: २२ श्रावण २०८१ १३:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App