४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इजरायलको दक्षिणी र उत्तरी क्षेत्रमा हिजबुल्लाहको हवाई आक्रमण

लेबनानको लडाकु समूह हिजबुल्लाहले इजरायलको दक्षिणी र उत्तरी क्षेत्रमा हवाई आक्रमण गरेको छ।

इजरायलको समाचार संस्था टाइम्स अफ इजरायलका अनुसार हिजबुल्लाहले शनिवार दक्षिणी र उत्तरी इजरायलमा रकेट आक्रमण गरेको हो। तर, उक्त रकेट इजरायलको डिफेन्स सिस्टम आइरन डोमले हावामै नष्ट गरिदिएको बताइएको छ।

हिजबुल्लाहले गत २८ जुलाईमा इजरायलको कब्जामा रहेको गोलान हाइट्स क्षेत्रमा आक्रमण गर्दा १२ जना बालबालिकाको मृत्यु भएपछि यो सङ्घर्ष सुरु भएको हो। इजरायलले आफ्ना १२ जना बालबालिकाको मृत्युको बदलास्वरुप गरेको आक्रमणमा परी हिजबुल्लाका शीर्ष नेता फउद शुकर मारिएका थिए। आफ्नो शीर्ष कमान्डर मारिएको बदला लिन हिजबुल्लाहले जवाफी आक्रमण गरेको बताइएको छ।

हिजबुल्लाह र इजरायलबीचको तनावका कारण भारत, अमेरिका, बेलायत, रुस लगायत विभिन्न मुलुकलले आफ्ना नागरिकलाई सक्दो चाडो लेबनान छाड्न आदेश दिएको छ।

प्रकाशित: २० श्रावण २०८१ ०९:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App