२० आश्विन २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतको १६ औँ प्रधानमन्त्रीको रुपमा मोदीले आज शपथग्रहण गर्दै

भारतको १६ औँ प्रधानमन्त्रीको रुपमा नरेन्द्र मोदीले आज शपथग्रहण गर्दैछन्। लगातार तेस्रोपटक प्रधानमन्त्री बन्न लागेका मोदीले आज साँझ भव्य समारोहका बीच शपथग्रहण गर्नेछन्।

सन् २०१४ देखि बहुमतसहित लगातार सत्तामा रहेका मोदी यस कार्यकालमा भने गठबन्धन सरकारको नेतृत्त्व गर्दै प्रधानमन्त्री बन्न लागेका हुन्।

भारतको राजधानी नयाँ दिल्लीमा प्रधानमन्त्रीको शपथ समारोहलाई ध्यानमा राखी तयारी तीव्र बनाइएको छ भने सुरक्षा व्यवस्था पनि कडा बनाइएको छ।

शपथ समारोह साँझ ६ः१५ बजे राष्ट्रपति भवनमा आयोजना गरिने छ। मोदीको शपथ समारोहमा भाग लिन नेपालसहित विश्वका विभिन्न मुलुकका राष्ट्र प्रमुख र प्रधानमन्त्री भारत पुग्ने क्रम जारी छ।

मोदीले प्रधानमन्त्रीको शपथग्रहणसँगै आजै मन्त्रीपरिषद पनि विस्तार गर्ने तयारी गरेका छन्।

गत १९ अप्रिलबाट सुरु भएको भारतको १८ औँ लोकसभा निर्वाचन १ जुनमा सम्पन्न भएको थियो। जसमा भारतीय जनता पार्टी नेतृत्त्वमा रहेको एनडीएले २९३ सिट हासिल गर्यो भने कांग्रेस नेतृत्त्वमा रहेको इन्डिया गठबन्धनले २३४ सिट हासिल गर्यो। पछिल्लो २ कार्यकालमा भाजपाले एकल बहुमत हासिल गरेकोमा यसपटक भने त्यसमा असफल रह्यो।

प्रकाशित: २७ जेष्ठ २०८१ ०७:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App