६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकाले पहिलोपटक गाजामा पठायो राहत सामग्री

अमेरिकाले पहिलोपटक युद्धग्रस्त क्षेत्र गाजामा राहत सामग्री खसालेको छ। ५ महिनादेखि  गाजापट्टीमा हमास र इजरायलबीच जारी युद्धका कारण भोकमरीको अवस्था उत्पन्न भएपछि पहिलो पटक अमेरिकाले सैन्य विमानमार्फत् राहत सामग्री खसालेको हो।

गत शुक्रवार अमेरिकी राष्ट्रपति जो बाइडनले गाजामा राहत सामग्री पठाउने घोषणा गरेपछि शनिवार अमेरिकी ३ सैन्य विमानले ३८ हजार खानेकुराको पोका खसालेको बीबीसीले जनाएको छ।

गत बिहीवार मात्रै राहत सामग्री कुरिरहेका १ सयभन्दा बढी प्यालेस्टिनी नागरिकको मृत्यु भएपछि बाइडनले राहत पठाउने प्रतिवद्धता व्यक्त गरेका थिए।

गाजामा हालसम्म इजरायली आक्रमणमा परी ३० हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ। जसमा २१ हजारभन्दा बढी बालबालिका र महिला रहेका छन्।

प्रकाशित: २० फाल्गुन २०८० ०७:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App