६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

गाजावासीलाई सहयोग गर्न जोर्डनका बालबालिकाको फुटबल प्रतिष्पर्धा

जोर्डनका बालबालिकाले गाजा फुटबल एकेडेमी च्याम्पियनसिप शीर्षकमा एक फुटबल च्याम्पियनसिपको आयोजना गरेका छन्।उनीहरुले गाजाका बालबालिकालाई सहयोग गर्ने लक्ष्यसहति सो प्रतियोगिताको आयोजना गरिएको हो।जोर्डनका सबैभन्दा प्रतिष्ठित फुटबल एकेडेमीहरूको सहभागितामा जोर्डन अहली क्लवको परिसरमा आयोजना गरिएको थियो।

च्याम्पियनसिपबाट प्राप्त आम्दानी जोर्डन हासेमाइट परोपकारी संस्थामार्फत गाजाका बालबालिकाहरूलाई प्रदान गर्ने आयोजक ओमार हेनाले बताए।

च्याम्पियनसिपमा सहभागी १० वर्षीय खेलाडी यामेन मारकाले आफ्नो व्यक्तिगत वचतबाट गाजाका बालबालिकालाई चन्दा दिनु आफूले गर्नसक्ने काम भएको बताए।

खेलकुद कार्यक्रमको अतिरिक्त खाना र स्थानीय उत्पादनहरूको लागि एक स्थान समेत खुला गरिएको थियो।सो स्थानमा बिक्री भएका सामानहरुको एक अंश समेत प्यालेस्टाइनलाई सहयोग गर्ने बताइएको छ।

प्रकाशित: ५ मंसिर २०८० ०५:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App