६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बन्दूकधारीको आक्रमणमा परी भाजपा नेताको मृत्यु

भारतको उत्तरी राज्य उत्तर प्रदेशमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)का एक स्थानीय नेताको गोली हानी हत्या गरिएको प्रहरीले जनाएको छ।

भारतको उत्तर प्रदेशको राजधानी लखनउबाट करिब ३५५ किलोमिटर उत्तरपश्चिममा पर्ने मुरादाबाद जिल्लामा रहेको आफ्नो घर बाहिर हिँडिरहेका ३४ वर्षीय अनुज चौधरीलाई बिहीबार साँझ मोटरसाइकलमा आएका तीन जनाले गोली हानेका थिए।

चौधरीलाई तत्काल स्थानीय अस्पतालमा लगिएको थियो तर उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीले यस सम्बन्धमा मुद्दा दर्ता गरेको छ र आरोपीलाई पत्ता लगाउने प्रयास गरिरहेको छ।

प्रहरीले भनेको छ, ‘अभियुक्तलाई पक्राउ गर्न पाँच वटा टोली गठन गरिएको छ। उनीहरुलाई चाँडै नै पक्राउ गरी कडा कानूनी कारवाही गरिने प्रहरीद्वारा जारी गरेको विज्ञप्तिमा उल्लेख छ।चौधरी आफ्नो क्षेत्रमा स्थानीय चुनावमा पराजित भएका भाजपाका सक्रिय सदस्य हुन। 

प्रकाशित: २६ श्रावण २०८० १५:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App