१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कुकुर टोकेको आरोपमा ७ वर्ष जेल सजाय

न्यूयोर्क – अमेरिकाको प्युर्टेरिका राज्यका एक पुरुषलाई आफ्नै प्रेमिकाको कुकुरलाई टोकी टाउको खाएको आरोपमा ७ वर्ष जेल सजाय तोकिएको छ ।
समाचार स्रोतका अनुसार ४० वर्षीय लुइस अर्राेयो माथि जनावर मौलिक हकको हनन् तथा घरेलु हिंसा विरुद्धको दोषी ठर्याइ जेल सजाय तोकिएको हो । उनलाई यसको अतिरिक्त ३ हजार अमेरिकी डलर जरिवाना समेत तोकिएको छ । 
उनले प्रेमिकाको घरमा रहेको २ महिनाको कुकुरलाई टोकेको र त्यसको टाउको खाएको उल्लेख छ । उनले कुकुरको मानसिक स्थितिमा नै खलल् पर्ने गरी टोकेका कारण कुकुरको घटनास्थलमा नै  मृत्यु भएको थियो । कुकुरलाई आक्रमण गरेपछि उनले प्रेमिकालाई पनि आक्रमण गरेका थिए । 
अपराधी आफू बेरोजगार भएको र प्रेमिकामा आत्मनिर्भर रहेको सार्वजनिक भएको छ । उनले एकै साथ कुकुर र प्रेमिकालाई हमला गर्नुको कारण भने खुलाइएको छैन । 

 

प्रकाशित: १६ चैत्र २०७३ ०९:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App