८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

प्रदेश १ मा ८५ जना कोरोना संक्रमणमुक्त, ५३ जनामा थपिए

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८५ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा ४१ महिला र ४४ पुरुष रहेका छन्। ५३ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। 

४ सय ४१ जनाको पिसिआर परीक्षण गर्दा ४६ र ७१ जनाको एन्टिजेन परीक्षण गर्दा ७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा झापामा २०, मोरङमा १३, सुनसरीमा १२ र संखुवासभामा १ जनामा संक्रमण देखिएको हो।  

झापाको गौरादहमा ४, अर्जुनधारा, कनकाई, भद्रपुर र विर्तामोडमा ३–३, दमक र मेचीनगरमा २–२, मोरङको विराटनगरमा ७, सुन्दरहरैँचामा २, बुढीगंगा, ग्रामथान, लेटाङ र उर्लाबारीमा १–१, सुनसरीको इटहरीमा ८, रामधुनी र इनरुवामा २–२ र संखुवासभाको खाँदबारीमा १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।  

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ महिला र एक पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रकाशित: १४ कार्तिक २०७८ १४:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App