१६ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

कोरोना संक्रमणदर ८.२ प्रतिशत

नेपालमा आइतबार कोरोना संक्रमणदर ८.१ प्रतिशत रहेको छ। २४ घण्टामा परीक्षण भएका ७ हजार ७ सय ७० वटा पिसिआर नमुनामध्ये ५ सय ७४ जनामा कोरोना पुष्टि भएको हो। पिसिआर र एन्टिजेन दुवै नमुना परीक्षण भएकामध्ये ६ सय ७९ जनामा कोरोना पुष्टि भएको हो।

थप संक्रमितसहित नेपालमा कुल संक्रमितको संख्या ८ लाख ८९ हजार २ सय २६ पुगेको छ। हाल देशभरिमा १६ हजार ८ सय ४ जना सक्रिय संक्रमित छन् भने १५ हजार ५ सय ३४ जना होम आइसोलेसनमा छन्। ३ सय ३७ जनाको भने आइसियुमा उपचार भइरहेको छ। आइतबार नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या सात मात्र छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार १ सय ६४ पुगेको छ ।

प्रकाशित: १८ आश्विन २०७८ ००:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App