८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

प्रदेश १ मा ९ सय २२ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९ सय २२ जनामा कोरोना संक्रमण भएको छ। १ हजार ५ सय ६६ जनाको पीसीआर परीक्षण गर्दा ४ सय ८५ र १ हजार ६ सय ७३ जनाको एन्टिजेन परीक्षण गर्दा ४ सय ३७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २ सय १५, मोरङमा १ सय ३५, सुनसरीमा ९९, धनकुटामा १९, उदयपुरमा ६, पाँचथर र संखुवासभामा २–२,  इलाम र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको छ।

झापाको दमकमा १ सय ५२, विर्तामोडमा २२, भद्रपुरमा १९, मेचीनगरमा ११, कनकाईमा ४, अर्जुनधारामा ३, कमल गाउँपालिका, बुद्धशान्ति, गौरादह र झापा गाउँपालिकामा १–१ जनामा संक्रमण देखिएको छ।  मोरङको विराटनगरमा ४१, बेलबारीमा ३५, केराबारीमा २४, सुन्दरहरैचामा २१,  बुढीगंगा र लेटाङमा ३–३, कटहरी, उर्लाबारी र स्थानीय तह नखुलेका २–२, कानेपोखरी र रतुवामाईमा १–१ जनामा संक्रमण देखिएको छ।

सुनसरीको धरानमा ४८, इटहरीमा ३८, बराहक्षेत्रमा ५, रामधुनीमा २, भोक्राहानरसिंहमा १,  इनरुवामा १ र स्थानीय तह नखुलेका ४ जनामा संक्रमण देखिएको छ।  धनकुटाको धनकुटा नगरपालिकामा १४, पाख्रिवासमा ३, महालक्ष्मीमा २, उदयपुरको त्रियुगामा ६, पाँचथरको फिदिम र फालेलुङमा १–१, संखुवासभाको खाँदबारीमा २, इलामको सुर्योदय र खोटाङको खोटेहाङमा १–१ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा बुधबार  ३सय ६५ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा १ सय ६६ महिला र १सय ९९ पुरुष रहेका छन्। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ७ महिला र ५ पुरुष रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित: २० श्रावण २०७८ १२:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App