१२ जेष्ठ २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

इयुका तीन सदस्य राष्ट्रद्वारा नेपाललाई चिकित्सा सामग्री

युरोपियन युनियन (इयु) का तीन सदस्य राष्ट्र– स्लोभेनिया, अष्ट्रिया र माल्टाले अनुदानमा दिएको चिकित्सा सामग्री नेपाल आइपुगेको छ। इयु सदस्य राष्ट्रहरुले उसको नागरिक सुरक्षा संयन्त्रमार्फत् कोभिडको भयानक दोस्रो लहरविरुद्ध लड्न नेपाललाई सहयोग पु¥याउन उक्त सामाग्री उपलब्ध गराएका हुन्।  

आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको राहत सामग्रीमा एन्टिजेन परीक्षण किट, पल्स् अक्सिमिटर, एफ्एफ्पीटु मास्क, फेस् शिल्ड् तथा महामारी फैलिनबाट बचाउनका लागि अन्य सामग्रीहरु रहेका छन्।

दिइएका सामग्रहीहरुमा ३० हजार थान फेस मास्क, एकलाख थान, निट्राइल् पञ्जा,१२ हजार ५ सय थान प्रोटेक्टिभ् गगल्स्, एकलाख थान, प्रोटेक्टिभ् मास्क, ६ लाख थान नन्–स्टेराइल् मेडिकल मास्क, ५० हजार थान भल्भरहित एफ्एफ्पी मास्क, एक हजार थान पल्स अक्सिमिटर, २ हजार४ सय थान एन्टिजेन टेस्ट किट, १ सय १३० थान नन्–कन्टयाक्ट इन्फ्राारेड थर्माेमिटर र ५ हजार थान फेस शिल्ड रहेका छन्।  

गएका पछिल्ला हप्ताहरुमा स्पेन, फिनल्याण्ड, फ्रान्स, बेल्जियम र जर्मनीले सहयोग पु¥याए लगत्तै स्लोभेनिया, अष्ट्रिया र माल्टाले नेपाललाई सामग्री प्रदान गरेर आफ्नो सद्भाव देखाएका छन्।  

बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एक समारोहकाबीच स्लोभेनिया र अष्ट्रियाका महावाण्ज्यिदूत र नेपालका लागि युरोपियन युनियनकी राजदुत नोना डेप्रेले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधिलाई उक्त सामाग्रीहरु हस्तान्तरण गरेका हुन्।

प्रकाशित: ३० जेष्ठ २०७८ ११:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App