७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

५ हजार ३१६ कोरोना संक्रमण पुष्टि, ७ हजार २१९ जना संक्रमण मुक्त

२४ घण्टामा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार संक्रमण मुक्त हुनेको संख्या ७ २१९ रहेको छ । यस अवधिमा देशभर  ५३१६ जना कोरोना भाइरस सङ्क्रमित थपिएको मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बताए।

उनका अनुसार पीसीआर विधिबाट चार हजार ५२४ जना र एन्टिजेन विधिबाट ७९२ जनामा सङ्क्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा १३ हजार ८०५ जनाको नमूना पीसीआर र तीन हजार ७३ जनाको एन्टिजेन विधिबाट नमूना परीक्षण गरिएको थियो। हाल सङ्क्रमण दर ३२.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

यसअवधिमा कोरोनाबाट १०१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख एक हजार ९९३ पुगेको छ। काठमाडौँ उपत्यकामा आजमात्र एक हजार ४५६ जना सङ्क्रमित थपिएका छन्।

काठमाडौँ जिल्लामा  ९६९, भक्तपुरमा १८१ र ललितपुरमा ३०६ जना कोरोना सङ्क्रमित थपिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित: १९ जेष्ठ २०७८ १२:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App