४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

सिन्धुलीमा १ सय वर्षीया वृद्धाले जितिन् कोरोना

सिन्धुलीमा एक सय वर्षीया वृद्धाले कोरोना जितेकी छिन्। जिल्ला अस्पताल सिन्धुलीका अनुसार कमलामाई नगरपालिका ६ की एक वृद्धाले कोरोना जितेर घर फर्किएकी हुन्।  

कमलामाई नगरपालिका ६ की इन्दिराकुमारी थापाले बुधबार पाँच दिनको कोभिड अस्पतालको बसाईपछि कोरोना जितेर घर फर्किएकी अस्पतालका प्रवक्ता डाक्टर सागर देवकोटाले जानकारी दिए। आठ दिन अगाडि स्वास्थ्यमा समस्या आएको र सामान्य उपचारपछि उनलाई घर पठाइएकोमा पुनः समस्या भएपछि परिवारले अस्पताल ल्याएका थिए।

अस्पतालमा ल्याउँदा वृद्धा महिलाको शरीरमा अक्सिजनको मात्रा निकै कमी देखिएको र कोरोना परीक्षण गर्दा कोरोना पोजिटिभ आएपछि अक्सिजन दिएर उनलाई उपचार सुरु गरिएको थियो।  

कोरोना अस्पतालमा भर्ना भएको पाँच दिन वृद्धा महिलाको आत्माबलका कारण निको भएको जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रह्लाद पोखरेलले जानकारी दिए। ‘सय वर्षीया वृद्धाको आत्माबल देखेर म चकित परँे’, उनले भने, ‘उनको आत्मबल अरु कोरोना संक्रमितका लागि प्रेरणा बन्न सक्छ।’

यसअघि पनि सिन्धुलीमा कमलामाई नगरपालिका ७ की ८१ वर्षीया चन्द्रकुमारी खड्काले कोरोना जितेकी थिइन्। जिल्लामा हालसम्म पन्ध्रसय बढी संक्रमित भएका छन् भने दुई सय ६५ जनाले कोरोना जितेको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ।

प्रकाशित: १९ जेष्ठ २०७८ १२:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App