६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

प्रदेश २ मा एकैदिन थपिए ३२४ संक्रमित

प्रदेश २ मा मंगलबार एकैदिन ३ सय २४ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै यस प्रदेशमा संक्रमितको संख्या ७ हजार ५ सय पुगेको छ । एक साताभित्र मात्र १ हजार ८ सय ७९ नयाँ संक्रमित थपिएका छन् ।

सामाजिक विकास मन्त्रालयका अनुसार मंगलबार सबैभन्दा बढी पर्सामा १ सय २४ जना संक्रमित थपिएका छन् । यससँगै पर्सामा कुल संक्रमितको संख्या १ हजार ४ सय ४३ पुगेको छ । बारामा ५९ जना थपिएसँगै कुल संक्रमित ४ सय ९४ जना पुगेका छन् । रौतहटमा ४४ जना थपिएसँगै कूल संक्रमितको संख्या १ हजार ४ सय ६९ पुगेको छ । सर्लाहीमा ३ जना थपिएसँगै कुल संक्रमित ९ सय ६७ पुगेको छ । महोत्तरीमा १३ जना संक्रमित थपिएसँगै संक्रमित संख्या १ हजार ३६ पुगेको छ । धनुषामा ५४ जना थपिएसँगै कुल संक्रमित संख्या १ हजार १ सय २५ पुगेको छ ।  

सिरहामा इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपीसहित ७ जना नयाँ संक्रमित थपिएका छन् । ६ जना आइसोलेसनमा बसेकाहरूको पुनः परीक्षण रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य प्रमुख कृष्णदेव यादवले बताए । मिर्चैयाका डिएसपीसहित ४ जना प्रहरी, १ जना थुनुवा, १ जना एनबी बैंकका कर्मचारी र १ जना वडा सदस्यमा संक्रमण पुष्टि भएको स्वास्थ्य प्रमुख यादवले बताए । यससँगै सिरहामा संक्रमितको संख्या २ सय ८० पुगेको छ । सप्तरीमा १४ जना थपिएसँगै संक्रमितको संख्या ६ सय ८१ पुगेको छ । प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४७ पुगेको छ । मंगलबार ४८ जना निको भएर घर फर्केसँगै घर फर्किनेको संख्या ३ हजार ७ सय ९० पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रकाशित: ३ भाद्र २०७७ ०२:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App