१७ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

मुगुमा स्वास्थ्य सामाग्री पठाइयो

काठमाडौं– मनघरी फाउण्डेसनको पहलमा, आरम्भ सामाजिक संस्था, आनी छोइङ  डोल्मा फाउण्डेशन, राष्ट्रिय आविष्कार केन्द्र र दैलेखी सेवा समाजले उपलब्ध गराएको स्वास्थ्य सामाग्री कर्णाली प्रदेशको मुगुमा पठाइएको छ।  

फाउण्डेशनले २८ थान पीपीई सेट, २८ थान फेसल सिट, एक हजार थान सर्जिकल मास्क, १ सय १२ थान साबुन, २८ थान फस्ट एड किट पठाएको हो। शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा फाउण्डेशनका तर्फबाट हाँस्य कलाकार हरिवंश आचार्यले ती सामान मुगुका पर्यटन व्यवसायी राजु कार्कीलाई हस्तान्तरण गरेका हुन्।  

उक्त कार्यक्रममा पूर्व सांसद तथा समाजसेवी राजीव विक्रम शाहलाई सम्मान गरिएको थियो। कर्णालीको स्वास्थ्य सेवामा अतुलनीय योगदान पु-याएस्वरुप सम्मान गरिएको फाउण्डेसनका अध्यक्ष भरतबन्धु थापाले बताए।  

शाहले कोरोना सुरु भएपछि पनि कर्णाली प्रदेशमा एक करोड रुपैयाँ भन्दा बढीको स्वास्थ्य सामग्री सहयोग गरिसकेका छन। उनले जाजरकोटमा निजि लगानीमा सामुदायिक अस्पताल खोलि दिएका छन्।  

उनलाई हाँस्य कलाकार आचार्यले दोसल्ला ओढाएर सम्मान गरेका थिए।  

प्रकाशित: २१ असार २०७७ ०७:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App