१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

अस्पतालका कर्मचारीलाई नि:शुल्क कोरोना बिमा

सिन्धुली जिल्ला अस्पताल भवन परिसर । तस्बिर : अनिल भण्डारी/नागरिक

जिल्ला अस्पताल सिन्धुलीका चिकित्सक तथा कर्मचारीहरुको कोरोना बिमा गरिने भएको छ । कोभिड–१९ मा खट्ने सम्पुर्ण कर्मचारीको कोरोना बिमा गर्न लागेको जिल्ला अस्पताल सिन्धुलीले जनाएको छ ।  

विश्वभर फैलिएको कोरोना भाइरसको महामारीमा आफ्नो स्वास्थ्यलाई भन्दा नागरिककको स्वास्थ्यलाई ध्यान दिएर अहोरात्र खटेको भन्दै अस्पताल व्यवस्थापन समितिको प्रत्यक्ष पहलमा अस्पतालको कर्मचारीको कोरोना बिमा गर्ने योजना अगाडी सारिएको अस्पताल व्यवस्थापन समितिले जनाएको छ ।  

समितिका अध्यक्ष प्रलाद पोखरेलका अनुसार अस्पताल भित्र रहेका १ सय ८ जना कर्मचारीको कोरोना बिमा गर्ने निर्णय भएको छ । हामीले जिल्ला अस्पतालमा यस्तो समयमा खट्नुहुने सम्पुर्ण कर्मचारीको कोरोना निशुल्क कोरोना बिमा गरिदिने भएका छौ, उनले नागरिकसँग भने, कर्मचारीलाई कोरोनाको पुष्टि भएमा एकलाख रुपैया अस्पताल व्यवस्थापन समितिले दिने निर्णय भएको छ ।  

प्रकाशित: ८ जेष्ठ २०७७ ११:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App