२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

विश्वकपका लागि उत्कृष्ट १५ खेलाडी छान्न कठिन: कप्तान रोहित

नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले राष्ट्रिय टोलीका लागि सम्भावना बोकेका धेरै खेलाडी रहेकाले ट्वान्टी–२० विश्वकपका लागि अन्तिम १५ खेलाडी छनोट गर्न चुनौतीपूर्ण हुने बताएका छन्।

शनिबार त्रिवीमा वेस्ट इण्डिज ‘ए’ विरुद्ध कप्तानी इनिङ खेल्दै जित दिलाएपछि पत्रकार सम्मेलनमा रोहितले सो धारणा राखेका हुन्।

आयरल्याण्डसँगको खेलबाट नै सबै खेलाडीमा राम्रो क्षमता देखिएको र सबैमा रिप्लेसमेन्ट गर्न सक्ने क्षमता रहेको रोहितले उल्लेख गरे। त्यसैले ट्वान्टी–२० विश्वकपका लागि उत्कृष्ट १५ खेलाडी छान्न चुनौती हुने उनको विश्वास छ।

उनले क्षमतावान् खेलाडी धेरै रहेको उल्लेख गर्दै समग्रमा सबैको प्रदर्शन राम्रो रहेको धारणा पनि राखे। तर आउने दिनमा जसले राम्रो गर्न सक्छ त्यहाँबाट उत्कृष्ट १५ खेलाडी विश्वकपका लागि छनोट हुने कप्तान रोहितको विश्वास छ।

आगामी १/२ खेलमा नै विश्वकपका लागि सबैको भूमिका तय हुने पनि रोहितले बताए।

उनले शतकीय इनिङ खेल्छु नै भन्ने योजनामा नरहेको पनि उल्लेख गरे। आफूले बलमा ध्यान दिँदै सोहीअनुरूप ब्याटिङ गरेको उनले सुनाए।

‘ओमानसँगको खेलबाट निराश थियौं। त्यहाँबाट अगाडि बढ्न आवश्यक थियो। त्यो खराब दिन सोचेको भए आजको प्रदर्शन सम्भव थिएन। सबैले आ आफ्नो जिम्मेवारी अनरूपमा गरेँ। त्रिविमा २ सयको रन चेज गर्न सकिन्छ भन्ने थियो, त्यही अनुरूप खेल्यौं। यो लक्ष्य पूरा भएपछि पनि सेलिब्रेट गर्छु भन्ने थियो। त्यसैले शतक हाने पनि सेलिब्रेट गरिन। त्यो पूरा हुन सकेन।’

प्रकाशित: १५ वैशाख २०८१ १८:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App