१७ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

डेंगुबाट हेटौँडामा एक जनाको मृत्यु

डेंगु रोगको सङ्क्रमणबाट हेटौँडामा एक जनाको मृत्यु भएको छ । हेटौँडा–१२ पदमपोखरीका ४१ वर्षीय राजेश प्रधानको डेंगुको कारण मृत्यु भएको हो।तीनदिन अघि हेटौँडास्थित सञ्चो अस्पतालमा परीक्षण गराउने क्रममा उनलाई डेंगु सङ्क्रमण पुष्टि भएको थियो ।

डेंगु सङ्क्रमणपछि घरमै आराम गर्ने भनेर गएका प्रधान मंगलबार अस्पताल भर्ना भएका थिए । बुधवार थप उपचारका लागि भरतपुर गएका प्रधानको बिहीबार उपचारको क्रममा चितवनस्थित नयाँ मेडिकल कलेजमा मृत्यु भएको हो । प्रधानलाई दोस्रो पटक डेंगु सङ्क्रमण पुष्टि भएको जानकारीमा आएको छ । राजनीतिसँगै समाजसेवामा क्रियाशील उनलाई डेंगुसँगै मधुमेह र उच्च रक्तचाप रहेको थियो । 

उनको उपचारको क्रममा चितवनमै मृत्यु भएको हो । यता जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्ण मिजारले यस विषयमा कार्यालयमा कुनै जानकारी नभएको बताए। चितवनका प्रहरी प्रमुख रामेश्वर कार्कीले हेटौँडा १२ का राजेश प्रधानको डेंगु सङ्क्रमणबाट मृत्यु भएको मेडिकल कलेजले जानकारी गराएको बताए । पछिल्लो समय हेटौँडामा डेंगु सङ्क्रमण बढिरहेको छ । मकवानपुरमा पछिल्लो २४ घण्टामा १२ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार सङ्क्रमण पुष्टि हुने १२ जना नै हेटौँडा उपमहानगरपालिकाका रहेका छन् । 

साउन १ महिनामा मात्रै ५८ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । अघिल्लो वर्ष पनि मकवानपुर डेंगु सङ्क्रमणको ‘हटस्पट’ बनेको थियो । चिकित्सकहरूले लामखुट्टेको टोकाइबाट जोगिन अनुरोध गरेका छन् । 

प्रकाशित: २५ श्रावण २०८० १४:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App