९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

कारागारका कैदीबन्दीको निशुल्क क्षयरोग परीक्षण

सन्धिखर्क नगरपालिकाले अर्घाखाँची कारागारमा रहेका कैदीबन्दीहरुको निशुल्क क्षयरोग परीक्षण गरेको छ। नगरपालिकाको आयोजनामा कारागारमा रहेका कैदीबन्दीहरुको निशुल्क क्षयरोग परीक्षण गरिएको नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठले जानकारी दिए।  

क्षयरोग परिक्षणका लागी लागि ७४ जना कैदीबन्दीहरुको खकार संकलन गरिएको छ। कारागारमा रहेका कैदीबन्दीहरुमा क्षयरोग भए नभएको पत्ता लगाउन परीक्षण कार्यक्रमको आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले बताए। ‘निशुल्क क्षयरोग परीक्षण गरिरहेक छौं,उनले भने,‘छिटै कैदीबन्दीहरुको सबै शरिरको चेकजाँच (फुल बडी चेकअप) कार्यक्रम सञ्चालन गर्ने योजनामा छौं।’

क्षमता भन्दा बढी कैदीबन्दी राखिएकाले सरुवा रोगहरु सजिलै सर्नसक्ने कुरालाई मध्यनजर गरेर क्षयरोग परिक्षण गराईएको नगरपालिकाले जनाएको छ। रोग परीक्षण सुविधा नहुँदा रोग पत्ता नलागेरै ज्यान गुमाउनेहरु समेत रहेकाले सतेचना अपनाईएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पुर्ण पराजुलीले बताए।  

कार्यक्रममा कारागार कार्यालय अर्घाखाँचीका प्रमुख रचना बुढाथोकी, जनस्वास्थ्य निरिक्षक धर्म पन्थी, जिल्ला अस्पताल अर्घाखाँचीका ल्याब टेक्निशियन राजकुमार बन्जाडे लगायतको उपस्थिति थियो।

प्रकाशित: १४ पुस २०७९ ११:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App