५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
शिक्षा

सिटिइभिटीका सबै परीक्षा र तालिम स्थगित

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्(सिटिइभिटी) का सबै परीक्षा र तालिम स्थगित गरिएकाे छ।

विश्वभर महामारीको रुपमा फैलिरहेको नयाँ भेरियन्टको कोभिड १९ को सम्भावित जोखिम नियन्त्रणका लागि सिटिइभिटीले सबै परीक्षा र तालिम स्थगित गरेको जनाएको छ।

सिटिइभिटीका प्रशासकीय अधिकृत बद्रीप्रसाद दाहालले नयाँ भेरियन्टको कोभिड १९ नेपालमा समेत फैलिएको र पछिल्ला दिनहरुमा काठमाडौं उपत्यकामा समेत संक्रमण तीव्र रुपमा बढिरहेको हुँदा नेपाल सरकारबाट हाल सञ्चालन भइरहेका सम्पूर्ण परीक्षा कार्यक्रमहरु समेत स्थगित गरिएको बताउँदै सिटिइभिटी अन्तर्गत भइरहेका परीक्षामात्र नभएर तालिम समेत स्थगित गरिएको बताए।

उनका अनुसार सिटिइभिटीअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय, राष्ट्रिय सीप परीक्षण समिति, प्राविधिक प्रशिक्षण प्रतिष्ठान रहेका छन्। तिनीहरुले हाल सैद्धान्तिक र प्रयोगात्मक परीक्षा र छोटो अवधिका तालिमहरु सञ्चालन गरिरहेका छन्। परिषद्ले ती कार्यक्रम र परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जनाएको छ।

प्रकाशित: १४ वैशाख २०७८ ०९:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App