२० वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

नेपाली युवा वैज्ञानिक अधिकारीलाई 'अन्तर्राष्ट्रिय पुरस्कार'

काठमाडाैं  - नेपालका युवा वैज्ञानिक डा. अच्युत अधिकारीले अन्तराष्ट्रिय पुरस्कार प्राप्त गर्ने भएका छन्। संयुक्त राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन(युनेस्को)ले ‘ओल्ड एकेडेमी अफ साइन्सेस’मार्फत प्रदान गर्दै आएको पुरस्कार यसवर्ष त्रिभुवन विश्व विद्यालयका उप–प्राध्यापक डा. अधिकारीलाई प्रदान गर्ने भएको हो। पाकिस्तानका अब्ताहु रहमानको नाममा विकशोन्मुक मुलुकमा रहेर अनुसन्धान गरिरहेका व्यक्तिलाई प्रदान गर्दै आएको सो पुरस्कारको राशी ५ हजार अमेरिकी डलर रहेको छ।

डा. अधिकारीले नेपाली जडिबुटी टिमुरमा अनुसन्धान गरेर सो पुरस्कार प्राप्त गरेका हुन्। उनले रत्तचाप नियन्त्रण, मधुमेधको उपचार, कलेजो र दाँतको सुरक्षाका लागि टिमुरमा औषधीय गुण रहेको पत्ता लगाएका थिए।  शुक्रबार बिहान रेडियो नागरिकसँग कुराकानी गर्दै उनले आफू अन्तर्राष्ट्रिय पुरस्कारका लागि छनोट भएको भन्दै खुशी ब्यक्त गरे। नेपालमा अनुसन्धानका क्षेत्र धेरै रहेको भन्दै उनले विश्वविद्यालयको शिक्षालाई अनुसन्धान मुखी बनाएर अगाडि बढ्नुपर्ने आवश्यकता औल्याए।

डा. अधिकारीलाई यसैवर्ष नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानद्वारा नाष्ट विज्ञान तथा युवा प्रविधिबाट समेत सम्मानित सम्मानित गरिएको थियो। पाल्पाका डा. अधिकारीले नेपालको मौलिक कृषि उत्पादनलाई अन्तराष्ट्रियकरण गर्न खोज अनुसन्धान गरिरहेका छन्। उनले टिमुरसँगै अहिले अदुवाको औषधीय गुणका विषयमा खोजी गरिरहेका छन्।

प्रकाशित: ४ पुस २०७६ ०५:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App