३० वैशाख २०८१ आइतबार
image/svg+xml
गणेश पोखरेल
गणेश पोखरेल

गणेश पोखरेलका लेखहरु :

नेपाली युवा वैज्ञानिक अधिकारीलाई 'अन्तर्राष्ट्रिय पुरस्कार'

नेपालका युवा वैज्ञानिक डा. अच्युत अधिकारीले अन्तराष्ट्रिय पुरस्कार प्राप्त गर्ने भएका छन्। संयुक्त राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन(युनेस्को)ले ‘ओल्ड एकेडेमी अफ साइन्सेस’मार्फत प्रदान गर्दै आएको पुरस्कार यसवर्ष त्रिभुवन विश्व विद्यालयका उप–प्राध्यापक डा. अधिकारीलाई प्रदान गर्ने भएको हो।

राजधानीमै एक घण्टा हिँडेर स्कुल

देशको राजधानी काठमाडौंमै एक घण्टाभन्दा बढी पैदलयात्रा नगरी विद्यालय पुग्न सकिन्न भन्ने सुन्दा जोकोहीलाई अचम्म लाग्न सक्छ। वास्तवमा बूढानीलकण्ठ नगरपालिका–५ स्थित शिवपुरी राष्ट्रिय निकुञ्जभित्रको बस्ती डाँडागाउँका विद्यार्थीले वर्षौंदेखि भोग्दै आएको नियति हो त्यो। घना जंगल छिचोलेर विद्यालय जानुपर्दा विद्यार्थीलाई बाटोभरि त्रास हुने थाहा पाउँदा झनै मन बिझाउँछ। त्यस्तो नियति भोग्दै आएका विद्यार्थीको कहालीलाग्दो अनुभव सुन्दा मात्रै होइन, सिंगो गाउँको साझा पीडाबारेको जानकारीले झनै निराश तुल्याउँछ। यातायात छैन, अस्पताल छैन। ८० परिवार बस्दै आएको डाँडागाउँमा सुरक्षाको पनि निकै समस्या छ।

‘म्याथ आर्ट’ले बनायो सजिलो गणित

प्रायः विद्यार्थीले गणितलाई कठिन विषयका रूपमा लिन्छन् । उनीहरू सूत्रहरू घोक्नु पर्ने, यसका अभ्यास गर्न गाह्रो लाग्ने, जीवनमा गणितीय समस्या उपयोग नभएको जस्ता गुनासो गर्छन् । कतिपय विद्यार्थीले गणितका हिसाबलाई नै घोकेर परीक्षाको तयारी गर्दछन् । तर बुझेर अध्ययन गरेमा गणितलाई सजिलो बनाउन सकिन्छ । यसको प्रमाण ‘म्याथ आर्ट’ले गराएको छ ।

सैनामैनामा ५० लाखको शैक्षिक सामाग्री बितरण

सैनामैना नगरपालिकाका बिद्यालयहरुमा ५० लाख बराबरको खेलकुद तथा शैक्षिक सामाग्री बितरण गर्न सुरु गरिएको छ। चीनको गानकान प्रोभिन्सका बिभिन्न निकायबाट प्राप्त उक्त सामाग्री बिद्यालयलाई हस्तान्तरण गरीएको हो।

२ करोडको लगानीमा निर्माण हुँदै क्रिकेट एकेडेमी

क्रिकेट खेलको विकासका लागि रुपन्देहीमा क्रिकेट एकेडेमी बढ्न थालेका छन् गौतम बुद्ध इन्टरनेशनल क्रिकेट एकेडेमी सैनामैनाले रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ४ मा अन्र्तराष्ट्रिय स्तरको क्रिकेट एकेडेमी निर्माण गर्ने भएको हो।

'बुद्ध जन्मस्थल लुम्बिनी जाऔंः शान्तिको सन्देश फैलाऔैं'

पर्यटकीय दृष्टिकोणले विकास गर्ने उद्देश्यका साथ प्रदेश ५ को सरकारले ‘लुम्बिनी भ्रमण वर्ष–२०७६’ मनाउने तयारी गरेको छ। गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई केन्द्र भागमा राखेर त्यस वरपरका सम्पदाहरुलाई पनि पर्यटकीय दृष्टिकोणले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्ततरमा चिनाउन प्रदेश सरकारले ‘लुम्बिनी भ्रमण वर्ष–२०७६’ मनाउने तयारी गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्