३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
खेल

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको चौथो खेल आज, नेपाल जित्नै पर्ने दबाबमा

पाँच खेलको टी–२० श्रृङ्खला अन्तर्गत आज नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको चौथो खेल हुँदैछ। त्रिवि किक्रेट मैदान कीर्तिपुरमा हुने आजको खेल १२ः१५ बजेबाट सुरु हुनेछ।

हालसम्मको अवस्थामा पाहुना टोली वेस्ट इन्डिज ‘ए’ सिरिजमा २–१ ले अघि रहेको छ भने नेपालले एक खेलमा मात्रै जित हात पारेको छ।

पहिलो खेलमा नेपालले पाहुना टोली वेस्ट इन्डिज ‘ए’ लाई ४ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा नेपाल १० रनले र तेस्रो खेलमा ७६ रनले पराजित भएको छ।

आजको खेलमा नेपालले जित निकाल्न नसके सिरिज गुमाउने छ। त्यसकारण पनि नेपाल आजको खेलमा जित निकाल्दै सिरिज जित्ने सम्भावनालाई कायमै राख्न चाहन्छ।

सिरिजको पाँचौ तथा अन्तिम खेल शनिवार हुनेछ।

प्रकाशित: २० वैशाख २०८१ ०६:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App