५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
शिक्षा

मापदण्ड सच्चाएर उपकुलपतिका लागि दोस्रो पटक आवेदन माग

त्रिभुवन विश्वविद्यालयले उपकुलपति नियुक्तिका लागि दोस्रो पटक दरखास्त आवेदन माग गरेको छ।

त्रिविले पहिलो पटक गत शुक्रवार प्रकाशित गरेको दरखास्त आवेदन आइतबार मात्र रद्द गरेको थियो। उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठन गरिएको समितिले फेरी दरखास्त आह्वान गरेको हो।

समितिको आइतबार बसेको बैठकले अघिल्लो सूचना संशोधन गरेर दोस्रो पटक दरखास्त आह्वान गरेको हो। दरखास्तका लागि आह्वान गरिएको  पहिलो सूचनामा दरखास्त दिन पाउने व्यक्तिका लागि विभिन्न ६ वटा मापदण्ड तय गरेको थियो। 

तीमध्ये एउटामा विश्वविद्यालयको पदाधिकारीमा न्यूनतम तीन वर्ष काम गरेको ब्यहोरा उल्लेख गरिएको थियो। यस्तो मापदण्ड राखिएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले सच्चाउन निर्देशन दिएका थिए। उनको निर्देशन पनि पहिलो दरखास्त आव्हान सूचना खारेज गरिएको थियो।  

तर सोमबार प्रकाशित सूचनामा कस्ता व्यक्तिले दरखास्त दिन पाउँछन् भन्ने कुरा खुलाइएको छैन। तर यस पदमा इच्छुक व्यक्तिले त्रिविको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि २०८० बमोजिम दरखास्त दिन पाउने उल्लेख गरिएको छ।

प्रकाशित: २३ पुस २०८० ०१:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App