५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
शिक्षा

सेवा आयोगका अध्यक्षलाई विद्यार्थीले दले मोसो

विश्वविद्यालयको सुधारका विभिन्न माग राख्दै आन्दोलनरत विद्यार्थीहरुले पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेश दाहाललाई कालो मोसो दलेका छन्।

नेपाल विद्यार्थी संघ (नेविसंघ)आवद्ध विद्यार्थीहरुले सोमबार दाहाललाई कालो मोसो दलेका हुन्। विश्वविद्यालयभित्र रहेका विभिन्न समस्याको समाधानका लागि पुसदेखि निरन्तर रुपमा आन्दोलन गर्दै आएको नेविसंघ मोरङका सभापति सरोज पोखरेलले बताए। विभिन्न मागसहितका ध्यानाकर्षण गराउँदासमेत सेवा आयोगले सुनुवाई नगरी बेवास्ता गरेको पोखरेलको भनाइ छ।

विश्वविद्यालयका उपकुलपतिले हामीसँग वार्ता गरे पनि सेवा आयोगले हाम्रो आन्दोलन र मागप्रति बेवास्ता गर्दै लगाएको तालाबन्दी फोडेका कारण चेतावनी स्वरुप कालो मोसो दलेको बताउँदै, सभापति पोखरेलले भने, ‘पुसदेखि विभिन्न माग राख्दै आन्दोलन गर्दै आएका छौं। नेविसंघसहित अन्य विद्यार्थी संगठनले विश्वविद्यालयमा तालाबन्दी गरेर आन्दोलनमा उत्रेका छौं । हाम्रो मागलाई सम्बोधन नगरी बेवास्ता गर्दै सेवा आयोगका अध्यक्ष दाहालले विद्यार्थीहरुले लगाएको ताला फोडेर कार्य गर्न थालेपछि चेतावनी दिँदै कालो मासो देलेका हौं।’

कयौं पटक सेवा आयोगका अध्यक्ष दाहालसँग वार्ता गर्न खोजे पनि उनी सधैँ पन्छिने गरेको विद्यार्थीहरुले आरोप लगाएका छन्। विद्यार्थीहरुको माग सम्बोधन तथा वार्ताको प्रयास नगरी विद्यार्थीले लगाएको ताला आफूखुसी फोडेका कारण उनलाई कालो मासो दल्न बाध्य भएको विद्यार्थीहरुले बताए ।  

प्रकाशित: २९ जेष्ठ २०८० १३:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App