१२ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

पेट्रोलियम पदार्थको मूल्य घटेर आएपनि नेपालमा तत्काल घट्दैन: आयल निगम

फाइल तस्बिर

नेपाल आयल निगमले तत्काल इन्धनको मूल्य घटाउन नसकिने बताएको छ। निगमले विज्ञप्ति जारी गर्दै निगमले पेट्रोलियम पदार्थमा अझै घाटा भएकाले तत्काल मूल्य घटाउन नसकिने बताएको हो।  

निगमले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘पछिल्लो पटक प्राप्त नयाँ मूल्य सूचीले निगमलाई १५ दिनमा ६३ करोड ५८ लाख रुपियाँ घाटा हुने स्थिति देखिएकाले पेट्रोलियम पदार्थको बिक्री मूल्य हाललाई यथावत् राख्नुपर्ने बाध्यात्मक अवस्था छ।

लगातार घाटामा पेट्रोलियम पदार्थ बिक्री गर्दा नेपाल सरकारले ७ अर्ब र राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब उपलब्ध गराए पनि  घाटा अझै २३ अर्ब रहेको निगमले जानकारी गराएको छ। महंगो इन्धनको खपत कम गर्न सर्वसाधारणलाई निगमले आग्रह गरेको छ।

भारतबाट सोमबार मात्रै पेट्रोल प्रतिलिटर १६ रुपैयाँ तथा डिजेल १२ रुपैयाँले घटेर आएको थियो।  

प्रकाशित: १९ श्रावण २०७९ ०२:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App