६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

मूलपानी महोत्सवमा सहभागिता बढ्दो

काठमाडौँको मूलपानीमा गत २४ गतेदेखि आयोजित प्रथम मूलपानी महोत्सवमा सर्वसाधारणको आकर्षण बढ्दै गएको देखिएको छ।

श्री ऋषेश्वर महादेव क्षेत्र परिसर संरक्षण समाज मूलपानीको आयोजनामा भइरहेको यो महोत्सवमा करिब २५ हजारभन्दा बढीले सहभागिता जनाइसकेकोआयोजकले जानकारी दिएका छन्।

संस्कृत गुरुकूल शिक्षा पाठशाला सञ्चालनको सहयोगार्थ सञ्चालन भइरहेको यो महोत्सवमा नव वर्ष वैशाख १ गते सबैभन्दा बढीले सहभागिता जनाएका र अन्य दिनको तुलनामा बिदामा बढी मानिस आउने गरेका जानकारी मूल समारोह संयोजक जगन्नाथ खनालले दिए।

२०७९ वैशाख ५ गतेसम्म चल्ने यो महोत्सवमा व्यापारिक स्टलहरूले राम्रै व्पापार गरिरहेका छन्। त्यसैगरी बालबालिकाले खेल्ने रेल, चढ्ने घोडा तथा रोटेपिङजस्ता चिजबिजमा बढी आकर्षण देखिएको छ। यही कारण पनि राम्रै सहभागिता देखिएको महोत्सवको व्यवस्थापन जिम्मा लिएका आइटी एन्ड सप्लायर्स प्रालिका अध्यक्ष बलराम श्रेष्ठले बताए।

उनका अनुसार यो महोत्सवमा विभिन्न सुलभ मूल्यका उपभोग्य सामग्रीहरूका व्यापारिक स्टल, बालबालिकाका लागि बाल उद्यानको व्यवस्था, विभिन्न खानाका स्टल राखिएका छन्। कागेश्वरी मनोहरा नगरपालिका–६ स्थित मूलपानी चौरमा आयोजना भइरहेको यो महोत्सवमा सर्वसाधारणलाई मनोरञ्जन प्रदान गर्न हरेक दिन सांगीतिक कार्यक्रम समेत आयोजना भइरहेको छ।

कल्पना दाहाल, प्रकाश सपुत जस्ता राष्ट्रिय रूपमै ख्यातिप्राप्त कलाकारहरूलाई पालैपालो निम्त्याएर महोत्सवलाई आकर्षक तुल्याउने र आगन्तुकलाई मनोरञ्जन दिने भरपूर प्रयास भइरहेको जानकारी पनि व्यवस्थापनको जिम्मा लिएका श्रेष्ठले जानकारी दिए।

प्रकाशित: ४ वैशाख २०७९ ०१:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App