५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

खुकुरी रम नयाँ प्याकेजिङमा

अन्तर्राष्ट्रिय स्तरको अनुभव र नेपालीको मौलिकपन तथा परम्परालाई समेत मिश्रण हुने गरी तयार भएको खुकुरी रमको नयाँ प्याकेजिङको आकर्षक स्वरूपले रम पारखीको ध्यान तान्न थालेको छ।

विगत ६२ वर्षदेखि खुकुरी रमलाई आफ्नो हृदयनजिक राखेका ग्राहकले नयाँ प्याकेजिङको विषयमा उत्साहजनक प्रतिक्रिया दिइरहेको बिक्रेताहरूले बताएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ। रम पारखीमा खुकुरीको नयाँ र आकर्षक प्याकेजिङमा समेटिएका मुख्य विशेषताको विषयमा समेत कौतुहलता देखिएको छ। किनकि नयाँ प्याकेजिङमा नेपालको मौलिकताबाट प्रेरित भएर केही नवीन र पृथक विशेषता थपिएको कम्पनीले जनाएको छ।

द नेपाल डिस्टिलरिजका महाप्रबन्धक सुभास लामिछानेका अनुसार रमको नयाँ बोटलको बिर्को समात्दा नेपाली वीरताको प्रतीक खुकुरीको बिँड समातेको भान हुन्छ। यो बिर्को पुनः प्रयोग गर्न नसकिने गरी तयार गरिएको छ।

यस्तै खुकुरीको आकारबाट प्रेरित नयाँ वर्डमार्कसमेत तयार गरिएको छ। यसले हाल चल्तीमा रहेको लोगोको सारलाई समेट्दै नेपालीको सरल तथा दृढ स्वभावलाई दर्साउने लामिछानेको भनाइ छ।

रमको नयाँ प्याकमा रातो घेरामा अंकित सगरमाथा शिखर, शिखरमा उदाएको सूर्य र सूर्यअगाडि रहेको गोर्खालीको शक्तिको प्रतीक खुकुरीले नेपाली मौलिकता र सम्पदालाई दर्साउने उनको दाबी छ। यस्तै स्वदेशी नेपाली मास्टर ब्लेन्डरको हस्ताक्षरयुक्त यो प्याकेजिङले स्वदेशी तथा विदेशी उपभोक्तालाई शतप्रतिशत नेपाली मौलिकता तथा गुणस्तरको विश्वास दिलाउने समेत उनले बताए।

नयाँ प्याकमा एकअर्काको पूरकको रूपमा रहेको खुकुरीले नेपालीको शक्ति, दृढता तथा वीरतालाई दर्साउने र ‘फ्रम द टप अफ द वल्र्ड’ शब्दले यसको उद्गमस्थल विश्वको शिखरमा रहेको समेत जनाउने बताइएको छ।

प्रकाशित: १६ मंसिर २०७८ ०३:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App