५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

जोन्टाको लैंगिक हिंसाविरुद्ध अभियान

बाल–विवाह, घरेलु हिंसा, कार्यस्थलमा हुने हिंसा र सार्वजनिक स्थलमा हुने हिंसाविरुद्ध आवाज उठाउनुपर्ने कुरामा विशेष जोड दिँदै जोन्टा क्लब अफ काठमाडौंले लैंगिक हिंसाविरुद्ध अभियान सुरु गरेको छ। यो अभियान संयुक्त राष्ट्रसंघको लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानसँगै सुरु भएको हो।

महिलामाथि निरन्तर रूपमा हिंसाका घटना भइराखे पनि इज्जत जोगाउनुपर्ने डर, उजुरी गरिहाले पनि सुनुवाइ नहुने र साथ नपाइने डरले उजुरी गर्दैनन्। ‘कहिलेकाहीँ यस्तो भइहाल्छ नि, एकचोटिलाई छोड्देऊ’ भनेर लैंगिक हिंसाका यस्ता धेरै घटना सामसुम पारिन्छन्।

यस्तै विषयलाई ध्यानमा राखी जोन्टाले ‘कहिलेकाहीँ होइन, कहिल्यै पनि हुँदैन’ भन्ने सन्देश दिने गरी ४ वटा छोटा फिल्म बनाएको छ। यी फिल्मले हिंसा, उत्पीडन र बाल–विवाह कहिल्यै पनि सहनुहुँदैन र यसविरुद्ध बोल्नैपर्छ भनेर सन्देश दिन खोजेको जोन्टा क्लब अफ काठमाडौंका अध्यक्ष सीमा गोल्छाले बताएकी छन्।

जोन्टाले हिंसामा परेका महिला र बालिकाको सहयोगका लागि ललितपुर महानगरीय प्रहरीको हेल्पलाइन १०० र अन्य विभिन्न संस्थासँग पनि सहकार्य गरिरहेको छ। यसका साथै घरेलु हिंसा र कार्यस्थलजन्य हिंसापीडित महिलालाई कानुनी सल्लाह र सहयोग प्रदान गर्न जोन्टाले राष्ट्रिय महिला आयोगसँग मिलेर ११४५ नम्बरको हेल्पलाइन पनि खडा गरेको छ। ती भिडियो सिद्धार्थ बैंक र एमजीको आर्थिक सहयोगमा बनाइएको थियो।

प्रकाशित: १० मंसिर २०७८ ०३:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App