१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
अर्थ

भक्तपुरमा बजार अनुगमन : म्याद नाघेका सामान नष्ट

भक्तपुर नगरपालिका अनुगमन समितिले बुधबार नगरको लिवाली क्षेत्रका बजार अनुगमन गरी म्याद नाघेका समान नष्ट गरेको छ।

समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा लिवालीमा खाद्य पसल अनुगमन गर्दा खाद्य अनुज्ञापत्र नलिई प्याकेजिंग सामानमा लेवल नराखी विक्रीवितरण भएको, खाद्यको अनुज्ञापत्र विना लेवल हातले लेखी राखेको र म्याद नाघेको सामान भेटीएको जफत गरी नष्ट गरेको जनाएको छ।  

अनुगमन टोलीले शर्मिला किराना पसल, आयान किराना पसलमा राखिएको सामानमा खाद्य अनुज्ञापत्र लिई लेवल राखी मात्र विक्रीवितरण गर्न, मूल्यसूचि राख्न, सरसफाइमा ध्यान दिन, तराजु नवीकरण गर्न निर्देशन दिई म्याद नाघेको सामानहरु धावत मखन २ पाकेट, ओरेन्ज जुस १ बट्टा, ह्यापी घ्यू १ बट्टा जफत गरी नष्ट गरेको थियो।

टोलीले नविन स्टोर, लिवाली खाद्यान स्टोर, लवजू किराना पसल, आसगोपाल किराना पसल सञ्चालकलाई सचेत गराएको वडा निरिक्षक रामकृष्ण प्रजापतिले बताए।

प्रकाशित: ३० असार २०७८ १३:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App