६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

निर्वाध रुपमा चल्न पाउँ भन्दै मन्त्रीलाई पोल्ट्री व्यवसायीको पत्र

पोल्ट्री क्षेत्रलाई अत्यावश्यक र संवेदनशील वस्तुको सूचीमा राख्न पोल्ट्री व्यवसायीले अनुरोध गरेका छन्।

नेपाल पोल्ट्री व्यवसायी महासंघले नयाँ भेरियन्टको कोभिड १९ को महामारी नियन्त्रणका लागि गर्न लागेको निशेधाज्ञामा समेत सहज ढुवानी र ओसारपसारमा सहयोग गर्न अनुरोध गर्दै अत्यावश्यक वस्तुको सूचीमा अनुरोध गरेका हुन्।  

महासंघले निजी क्षेत्रको एकमात्र आत्मनिर्भर पोल्ट्री क्षेत्रमा चल्ला गाड्नुपर्ने अवस्था आउने, दानाको अभावमा खोरमै कुखुरा मर्नेलगायतका कारण देखाउँदै पोल्ट्री व्यवसायलाई  अत्यावश्यक सूचीमा राख्न माग गरेको छ।

महासंघले पशुपन्छी दाना तथा कच्चापदार्थअन्तर्गत मकै, भटमास, ठुटो, पिना, कुखुराको चल्ला, कुखुरा, कुखुराका मासु, अण्डा, अण्डा राख्ने क्रेट, दानाको बोरा, बाक्सा तथा धानको भुस, भेटेरीनरी औषधि, खोपहरु, फिड सप्लिमेन्टस्, एडिटिभ्स, डिस्इन्फेक्टेन्टस्, स्यानिटाइजर तथा स्प्रेयरलगायतका सामानको ढुवानी, ओसारपसार निर्वाध गराउन पत्रमार्फत् अनुरोध गरेको महासंघका अध्यक्ष गुणचन्द्र विष्टले जानकारी दिए।

प्रकाशित: १४ वैशाख २०७८ ०९:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App