१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

आयल निगमले इन्धनको मूल्य बढायो

नेपाल आयल निगमले पट्रोल, डिजेल, मट्टीतेल र आन्तरिक उडानमा प्रयोग हुने हवाई इन्धनको मूल्य बढाएको छ। निगमले इन्डियन आयल कर्पोरेसनबाट १६ अप्रिलमा प्राप्त मूल्य अनुसार समायोजन गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर एक रूपैयाँका दरले बढाएको जनाएको छ।

आन्तरिक उडानको हवाई इन्धनको मूल्य भने लिटरमा २ रूपैयाँ बढाएको छ। मूल्य समायोजन नगरे १५ दिनमै ८१ करोड रूपैयाँभन्दा बढी घाटा बेहोर्नुपर्ने निगमको विज्ञप्तिमा उल्लेख छ। निगमले यसअघि चैत २२ गते पेट्रोल, मट्टीतेल र डिजेलको मूल्य प्रतिलिटर दुई रूपैयाँका दरले बढाएको थियो। चैत २२ पछि काठमाडौंको थानकोटस्थित निगमको डिपोबाट १५ किलोमिटर दुरीभित्र पेट्रोलको मूल्य लिटरको १२० रूपैयाँ पुगेको थियो। मट्टीतेल र डिजेलको हकमा प्रतिलिटर १०३ रूपैयाँ मूल्य कायम भएको थियो।  

शनिबार राति १२ बजेबाट लागू हुने मूल्य अनुसार थानकोटस्थित निगमको डिपोबाट १५ किलोमिटरभित्रका ग्राहकले एक लिटर पट्रोलको लागि १२१ रूपैयाँ तिर्नुपर्नेछ। मट्टीतेल र डिजेलको मूल्य प्रतिलिटर १०४ रूपैयाँ कायम भएको छ। आन्तरिक उडानमा प्रयोग हुने हवाई इन्धनको मूल्य प्रतिलिटर ७६ रूपैयाँ कायम गरिएको छ। अन्तर्राष्ट्रिय उडानमा प्रयोग हुने जहाजको हवाई इन्धनको र ग्यासको मूल्य यथावत राखिएको निगमको विज्ञप्तिमा उल्लेख छ। 

प्रकाशित: ५ वैशाख २०७८ ०२:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App