६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

नयाँं वर्षको अवसरमा भक्तपुरको तरकारी बजारमा छुट

नयाँं वर्ष २०७८ को अवसरमा भक्तपुरस्थित कृषि बजारमा २० प्रतिशत छुटको व्यवस्था गरिएको छ। नेपालकै ठूलो भनिएको सूर्यविनायक हरित कृषि थोक बजार प्रालिमा तरकारी तथा फलफूलमा एक हप्तासम्म यो छुटको व्यवस्था गरिएको हो।  

सूर्यविनायक हरित कृषि थोक बजारका अध्यक्ष राकेश प्रसाईले नयाँं वर्षको अवसरमा यो अफर ल्याएको जनाए। उनले अफरको भरपूर फाइदा उठाउन सबैमा अनुरोध गरे।  

यो बजार भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ८ आदर्श सिपाडोल क्षेत्र सूर्यविनायकमा रहेको छ। अरनिको राजमार्ग अन्तर्गत आदर्श बस बिसौनीबाट दक्षिणको ३५ रोपनीको क्षेत्रको यो बजार रहेको छ।  

कृषि बजार आधुनिक रुपमा बनाइएको छ। त्यसको लागि भित्र प्रवेश गर्ने प्रवेशद्धार र बाहिर निस्कनका लागि छुटाछुटै दुई वटा प्रवेशद्धारको व्यवस्था गरिएको छ। एउटा प्रवेशद्धार अरनिको राजमार्ग जाडिएको छ भने अर्को सिपाडोल जाने मेन रोडसँंग जोडिएको छ। कृषि बजारमा तरकारी राख्न ल्याउने गाडीहरुको जाम नहोस् भनेर एकतर्फी बाटो कायम गरिएको जनाएको छ। साथै त्यहाँं पार्किंगको पनि व्यवस्था छ। कृषि बजारभित्रसम्म तरकारी पुर्‍याउन मोटर पुग्ने गरी व्यवस्था मिलाइएको छ। ३२ करोडको लगानीमा नेपालमै अहिलेसम्मको सवैभन्दा ठूलो व्यवस्थित कृषि बजार हालसालै मात्रै सञ्चालनमा ल्याइएको हो।  

बजारभित्र साढे सात सय स्टलहरु रहेको छन्। बजार प्रत्येक दिन विहान दुई बजेदेखि बेलुकी आठ बजेमा खुल्ला रहने जनाइएको छ। बजारको मुख्य उद्देश्य होलसेलको रुपमा स्थापना गर्ने भएता पनि स्थानीयको लागि खुद्रा बिक्री पनि गर्ने जनाइएको छ।

काठमाडौंको कालीमाटी बजार बस्तीभित्र भएको कारण त्यहाँ गाडीभित्र लान बेलुकीसम्म कुर्नुपर्ने भएकोले तरकारी खराब हुने सम्भावना धेरै भएको तर यहाँं त्यस्तो समस्या नआउने बताइएको छ। यो पूर्वी नाकाबाट आउने सवै तरकारीहरु यही पुर्‍याएर यहीबाट काठमाडौंलगायतका ठाउँंहरुमा पुर्‍याउन सकिने जनाइएको छ। जग्गा १५ वर्षका लागि लिजमा लिइएको जनाइएको छ।

प्रकाशित: १ वैशाख २०७८ १३:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App