८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

प्राधिकरणको अवधि एक वर्ष थप

सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अवधि एक वर्ष थप गरेको छ । मन्त्रिपरिषद्को बैठकले प्राधिकरणको म्याद २०७८ पुस १० सम्मका लागि थप गरेको हो । भूकम्पबाट प्रभावित संरचनाको पुनर्निर्माणसम्बन्धी ऐन २०७२ को दफा ३ को उपदफा (३) बमोजिम प्राधिकरणको अवधि एक वर्ष थप गरिएको हो ।  

यो अवधिमा प्राधिकरणले निजी आवास, सिंहदरबार, रानीपोखरी एवं धरहरा पुनर्निर्माणसँग सम्बन्धित अन्तिम फछ्र्योट गर्नुपर्ने काम गर्नेछ । लेखा स्रेस्ता अद्यावधिक गर्ने, लेखापरीक्षण गर्ने गराउने तथा प्राधिकरणको सम्पत्ति नेपाल हस्तान्तरण गर्ने काम गर्नेछ ।

प्रकाशित: २३ मंसिर २०७७ ०२:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App