६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

एनसेलले स्वास्थ्य मन्त्रालय र युनिसेफसँग सहकार्य गर्ने

एनसेल आजियाटा लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत कोभिड १९ सम्बन्धि सचेतनामूलक कार्यक्रम गर्ने भएको छ ।  

एनसेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युनिसेफ नेपालसँग सहकार्य गरेर सचेतनामूलक कार्यक्रम गर्ने भएको हो । एनसेलले प्रेस विज्ञप्ति जारी गरेर नेपाल सरकारद्वारा प्रमाणित तथा सिफारिस गरिएको कोरोना भाइरसबाट बच्न र बचाउन अपनाउनुपर्ने उपायको विषयमा जनचेतना फैलाउँदै आएको जनायो ।  

एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले विषम परिस्थितिमा स्वास्थ्य जनसंख्या मन्त्रालय र युनिसेफसँग सहकार्य गरेर कोरोना संक्रमणको विषयमा जनचेतनामूलक अभियान सञ्चालन गर्ने बताए ।

प्रकाशित: २४ कार्तिक २०७७ ०५:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App