१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

एक डलरको मूल्य ११९ रुपैयाँ

काठमाडौं – एक महिनायता अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरको भाउ दैनिकजसो बढेका कारण एक अमेरिकी डलर खरिद गर्न एक सय १९ रुपैयाँ ३३ पैसा तिर्नुपर्ने भएको छ।

राष्ट्र बैंकले बुधबारका लागि एक डलरको बिक्री दर ११९.३३ रुपैयाँ तोकेको छ । अमेरिकी डलरसँग नेपाली रुपैयाँ मात्र नभएर संसारका सबै जसो मुलुकका मुद्रा अवमूल्यन भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावका दौरानमा अगाडि सारेको ‘मेक अमेरिका ग्रेट अगेन’को नाराअनुसार कतिपय क्षेत्रमा सुधारका काम भएकाले विश्वभर नै अमेरिकी डलरको मूल्य बढेको हो।

अमेरिकाले आयातित सामानमा भन्सार थप गर्दा उसलाई दोहोरो फाइदा भएको छ । पहिलो, भन्सार थप भएपछि राजस्व बढेको छ । दोस्रो, बन्द रहेका स्वदेशी उद्योगहरु फेरि सञ्चालनमा आउन थालेका छन् र रोजगारीका अवसर बढेका छन्। एक दशकयता अहिले अमेरिकामा बेरोजगारीको दर सबैभन्दा कम भएको छ । आर्थिक गतिविधि पनि बढेका कारण अर्थतन्त्र मजबुत बनेको छ । विभिन्न मुलुकमा गएका अमेरिकी लगानीकर्ता स्वदेश फर्कन थालेका छन् । विदेशी लगानीकर्ताले पनि अमेरिकामा लगानी गर्न थालेका छन् । यिनै प्रमुख कारणले अमेरिकी अर्थतन्त्र बलियो हुँदा डलरको भाउ संसारभर बढेको हो।

अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा पनि खस्केको छ । नेपाली र भारतीय रुपैयाँबीच स्थिर विनिमय दर रहेकाले भारुमा आएको उतारचढावको सिधा प्रभाव नेपालको विनिमय प्रणालीमा पर्छ । डलरसँग भारु जुन दरमा अवमूल्यन हुन्छ त्यही अनुसार नेपाली मुद्राको अवमूल्यन गर्ने परम्परा छ । अर्थशास्त्रीहरुले आगामी दिनमा अझै अमेरिकी डलरको भाउ बढ्ने बताउँदै आएका छन् । एक डलर बराबर एक सय २० रुपैयाँ भन्दा माथि पुग्ने अर्थशास्त्रीको आंकलन छ। 

प्रकाशित: २४ आश्विन २०७५ ०५:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App